Like us!
Follow us!
Connect us!
Watch us!

"एनआईबिएल समृद्धि फण्ड–२" योजनाको इकाईहरु बाँडफाँड

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, १५ : १२ मा प्रकाशित

"एनआईबिएल समृद्धि फण्ड–२" योजनाको इकाईहरु बाँडफाँड

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल समृद्धि फण्ड–२” योजनाको इकाईहरु बाँडफाँड गरिएको छ ।

फण्डले वैशाख १३ गतेदेखि वैशाख १६ गतेसम्म निष्काशन गरेको १० रुपैयाँ अङ्कित दरको १२ करोड इकाईहरु बाँडफाँड गरेको हो । उक्त इकाईमा मागभन्दा बढी इकाईहरुको लागि आवेदन प्राप्त भएको थियो । 

सर्वसाधारण आवेदकहरुबाट (बीजपूँजीबाहेक) कुल ६७ हजार ७६ जना आवेदकमार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएको थियो जसमध्ये  ६४ हजार ५१४ आवेदकमार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४ सय इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।

योजनाको कुलआकार १ अर्ब ५० करोड रुपैयाँको जम्मा २० प्रतिशत बीजपूँजीको रुपमा लगानी गर्नुपर्ने रकम ३० करोड रकममध्ये २९ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख इकाई कोषप्रबद्र्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड, १ करोड रुपैयाँ बराबरको १० लाख इकाई योजना ब्यबस्थापक एन.आई.बि.एल.एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँड गर्नु पर्ने जम्मा १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको हो ।  

नतिजा हेर्नका लागि तल उल्लेखित लिंकमा जानुहोस्:-

Link:-https://result.niblcapital.com/#/ipo-result

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको