Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, ०८ : ४८ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ५२.७९ प्रतिशतले घटेर १४ करोड २९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३० करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

सो अवधिसम्म कम्पनी १ करोड ७४ लाख ४६ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

चैत मसान्तसम्म कम्पनीको खुद व्याज आम्दानी भने २६.१९ प्रतिशतले बढेको छ । गत वर्ष ८१ करोड २८ लाख खुद व्याज आम्दानी गरेको कम्पनीले यस वर्ष एक अर्ब २ करोड ५८ लाख खुद व्याज आम्दानी कमाएको छ ।

हाल चुक्ता पूँजी ९४ करोड ३३ लाख रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब २९ करोड ३१ लाख रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ३० रुपैयाँ ७४ पैसाले घटेर २० रुपैयाँ २१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ १३ पैसा रहेको छ । 
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:-

60975178624b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको