Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको नाफा ४५.५७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, ०८ : ४९ मा प्रकाशित

नेको इन्स्योरेन्सको नाफा ४५.५७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले आकर्षण प्रगति गरेको छ । 

सो अवधिसम्म कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिमा ४५.५७ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड १० लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ४६.४५ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सो अवधिमा कम्पनीले ९२ करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा छ । 

6098a3c19d93b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको