Like us!
Follow us!
Connect us!
Watch us!

खर्च घट्दा राधी बिद्युतको नाफा ९.०१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १० : २१ मा प्रकाशित

खर्च घट्दा राधी बिद्युतको नाफा ९.०१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

राधी विद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड २६ लाख २४ हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा करिब ९.०१ प्रतिशतले धेरै हो । गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड ७४ लाख ४६ हजार रहेको थियो । 

त्यस्तै सो अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट ११ करोड ४७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी १२ करोड १६ लाख १ हजार रहेको थियो । कम्पनीको बिद्युत बिक्रि आम्दानी घट्दा पनि प्रशासनिक खर्च र बित्तिय खर्चमा कमि आएकाले कम्पनीले खुद मुनाफा बढाउन सफल भएको हो । 

कम्पनीको चुक्ता पूँजी ४७ करोड ३५ लाख ४६ हजार रुपैयाँ छ भने कम्पनीको जगेडा कोष ४६.७१ प्रतिशतले बढेर २४ करोड ५५ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष १६ रुपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर यस वर्ष १७ रुपैयाँ ६३ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको