Like us!
Follow us!
Connect us!
Watch us!

बिशाल बजार कम्पनीका लगानीकर्ताको बेहाल, सुरुवातमै ९.९९ प्रतिशतले घट्यो सेयर मूल्य

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, ११ : ३९ मा प्रकाशित

बिशाल बजार कम्पनीका लगानीकर्ताको बेहाल, सुरुवातमै ९.९९ प्रतिशतले घट्यो सेयर मूल्य

गत बिहिबार देखि नकारात्क सर्किट लागिरहेको बिशाल बजार कम्पनीको सेयर मूल्य आज सोमबार पनि घटेर नकारात्मक सर्किट लेभलमा पुगेको छ । 

कारोबार फुकुवा भएको दिन देखि निरन्तर उकालो लागेको कम्पनीको सेयर मूल्य गत बिहिबार कारोबारको प्रारम्भमा सकारात्मक सर्किट लागेको भएतापनि केहि समय पछि भने सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्कम सर्किट लागेको थियो । 

हिजो आईतबार कारोबारको प्रारम्भमै कमपनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको थियो भने आज पनि कारोबारको सुरुवातमै कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य आज ९.९९ प्रतिशतले घटेर ५ हजार ४ सय ४१ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर गत बिहिबार मात्र प्रतिकित्ता ८ हजार २०८ रुपैयाँमा कारोबार भएको थियो ।  

कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा पुगेसंगै धितोपत्रको दोस्रोबजारमा यो कम्पनीको सेयर किन्ने लगानीकर्ताको उपस्थिती सून्य देखिएको छ । नेप्सेको मार्केट डेप्थमा कम्पनीको सेयर बिक्रिको आदेश १४ हजार ५०८ कित्ताको हुँदा कम्पनीको सेयर खरिदको आदेश भने सून्य देखिन्छ ।

आज अहिले यो समाचार तयार हुँदा सम्म कम्पनीको १३१ कित्ता सेयरको मात्र कारोबार भएको नेप्सेले जनाएको छ । 

6098cb34d1fa5.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको