Like us!
Follow us!
Connect us!
Watch us!

“आउनुस्, समस्या भए सँगै बसौंँ, छलफल गरौं र समाधान गरौंँ” : प्रम ओली

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, ११ : ४४ मा प्रकाशित

“आउनुस्, समस्या भए सँगै बसौंँ, छलफल गरौं र समाधान गरौंँ” :  प्रम ओली

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ ।

उहाँले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराउनुभएको छ । “आउनुस्, केही समस्या भए सँगै बसौंँ, छलफल गराँैं र समाधान गरौंँ”, प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको