Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सको नाफामा ५५.८८ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, ११ : ५७ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सको नाफामा ५५.८८ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५५.८८ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले१८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा कमाएको  थियो ।

चैत मसान्तसम्म कम्पनीले ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ८२.५४ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले एक अर्ब ७७ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै सो अवधिमा कम्पनीले ५० करोड ७८ लाख ७४ हजार दावी भुक्तानी गरेको छ । हाल चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रहेको कम्पनीको जगेडा कोषमा ८० करोड ८५ लाख रहेको छ  ।  कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १७ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ । 

6098d01989a0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको