Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडीसीएलको नाफामा २०.९४ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १४ : ३४ मा प्रकाशित

एचआइडीसीएलको नाफामा २०.९४ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता छन् ?

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा नाफा गत वर्षको सोहि अवधिको तुलनामा २०.९४ प्रतिशतले कम हो । गत वर्ष यस कम्पनीले ८० करोड लाख रुपैयाँ नाफा कमाएको थियो ।
 
कम्पनीले जलविद्युत आयोजनाहरुमा ३५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बण्डमा पनि लगानी गरेको छ । 

हाल चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा  र प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ५५ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:-

6098f423cc716.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको