Like us!
Follow us!
Connect us!
Watch us!

महामारीमा पनि सरकार भ्रष्टचारमा लिप्त भयोः शेर बहादुर देउवा

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १४ : ५० मा प्रकाशित

महामारीमा पनि सरकार भ्रष्टचारमा लिप्त भयोः शेर बहादुर देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनताको स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खोप र स्वास्थ्य सामाग्रिहरुको आयातमा भएको भ्रष्टचारमा सरकार नै संलग्न भएको भन्दै उनले यो अक्षम्य अपराध भएको बताए  । 

प्रतिनिधी सभा संसदमा बोल्दै देउवाले अहिल देशमा यस्तो अवस्था आउनुमा स्वंयम प्रधानमन्त्री नै जिम्मेवार रहेको बताए । हाम्रो देशको संविधानले प्रधामन्त्रीलाई कार्यकारी अधिकार दिएको भन्दै उनले अरुलाई दोष दिएर उम्किन नमिल्ने बताए । 

मानिसले अरुलाई झुट बोल्न सकेपनी आफुले आफुलाई झुट बोल्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीले छातीमा हात राखेर आफुले आफैलाई मैले के गर्न सके भनेर सोध्नुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको