Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डले प्रधानमन्त्रीलाई भने 'इनफ इज इनफ'

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १५ : २० मा प्रकाशित

प्रचण्डले प्रधानमन्त्रीलाई भने 'इनफ इज इनफ'

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओलिले काम गर्न नसकेको र संसद पुनःस्थापना हुँदा पनि राजिनामा नदिएको भन्दै उनले इनफ इज इनफ भएको बताएका छन् । 

आजको संसद बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्रीले आँफुले बिश्वासको मत पाउदिन भन्ने थाँहा पाउदा पाउदै पनि संसदमा बिश्वासको मत मागेर लोकतान्त्रिक व्यबस्थाको सम्मान गरेको भन्दै धन्यवाद दिए । 

सरकारका गतिविधीले संविधानलाई पनि कोरोना लागे जस्तो भएको भन्दै उनले सरकारले संविधानलाई कोमामा पुर्याएको आरोप लगाए ।

प्रधानमन्त्री ओलिले आफूलाई राष्ट्रिय समस्या भनेर टिप्पणी गरेको भन्दै प्रचण्डले ओली स्वयं नै राष्ट्रिय समस्या भएको टिप्पणी गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको