Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको खुद मुनाफामा २६.८८ प्रतिशतको बढोत्तरी, कति पुग्यो इपिएस ?

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ०६ : १५ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको खुद मुनाफामा २६.८८ प्रतिशतको बढोत्तरी, कति पुग्यो इपिएस ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २६.८८ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको  थियो ।

चैत मसान्तसम्म कम्पनीले ५८ करोड १८लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ३५.२८ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ४० करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै सो अवधिमा कम्पनीले १७ करोड ६८ लाख लाख रुपैयाँ बराबरको बिमा दावी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ४० करोड १७ लाख रहेको छ  ।  कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी पनि गत बर्षको तुलनामा बृद्धि भएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा रहेकोमा अहिले बृद्धि भएर १९ रुपैयाँ ७२ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको