Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको एटिएम र राजस्व दाखिला बाहेकका सबै सेवा बन्द

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १० : १२ मा प्रकाशित

बैंकहरुको एटिएम र राजस्व दाखिला बाहेकका सबै सेवा बन्द

जिल्ला कोभिड व्यबस्थापन केन्द्र (डिसिसिएम) कैलालीले अब जिल्लाभर सम्पुर्ण बैंक तथा बित्तिय संस्थाहरुका एटिएम, राजस्व दाखिला गर्ने र सरकारी कारोबार बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यलय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि बैंक तथा बित्तिय संस्थाहरुका एटिएम र राजस्व दाखिला बाहेकका अन्य सेवाहरु तत्काललाई बन्द गर्न सिफारिस गरिएको बताए । 

साथै बैंक तथा वित्तिय संस्थाहरुलाई एटिएम र बिद्युतिय प्रणालीबाट रकम भुक्तानीका लागि आवश्यक प्रबन्ध गर्न र्निदेशन दिईएको चौधरीले बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको