Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको नाफा बढ्दा विद्युत बिक्री आम्दानी घट्यो, ईपिएस कति ?

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ११ : ०२ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको नाफा बढ्दा विद्युत बिक्री आम्दानी घट्यो, ईपिएस कति ?

सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३४ करोड २ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९.१० प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ३१ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको थियो । 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा भने थोरै गिरावट आएको छ । गत वर्ष  विद्युत बिक्रीबाट ६७ करोड १ लाख १६ हजार रुपैयाँ आम्दानी गरेकोमा उक्त आम्दानी ०.९७ प्रतिशतले घटेर ६६ करोड ३६ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ ।

चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४५ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८५ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 

609a14fff10c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको