Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन बिशाल बजारको ओरालो यात्रा, कारोबार खुलेको केहि मिनेटमै नकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ११ : २५ मा प्रकाशित

रोकिएन बिशाल बजारको ओरालो यात्रा, कारोबार खुलेको केहि मिनेटमै नकारात्मक सर्किट

गत बिहिबार देखि नकारात्क सर्किट लागिरहेको बिशाल बजार कम्पनीको सेयर मूल्यमा आज मंगलबार पनि नकारात्मक सर्किट लागेको छ । 

कारोबार फुकुवा भएको दिन देखि निरन्तर उकालो लागेको कम्पनीको सेयर मूल्य गत बिहिबार कारोबारको प्रारम्भमा सकारात्मक सर्किट लागेको भएतापनि केहि समय पछि भने सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्कम सर्किट लागेको थियो । 

बिहिबार देखि निरन्तर ओरलो लागेको कम्पनीको सेयर मूल्य आज पनि ५४४ रुपैयाँले घट्दै ४ हजार ८९७ रुपैयाँ पुगेको छ  । कम्पनीको सेयर गत बिहिबार मात्र प्रतिकित्ता अधिकतम ८ हजार २०८ रुपैयाँमा कारोबार भएको थियो ।  

कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा पुगेसंगै धितोपत्रको दोस्रोबजारमा यो कम्पनीको सेयर किन्ने लगानीकर्ताको उपस्थिती सून्य देखिएको छ । नेप्सेको मार्केट डेप्थमा कम्पनीको सेयर बिक्रिको आदेश ८ हजार ८६८ कित्ताको हुँदा कम्पनीको सेयर खरिदको आदेश भने सून्य देखिन्छ ।

आज अहिले यो समाचार तयार हुँदा सम्म कम्पनीको ९६५ कित्ता सेयरको मात्र कारोबार भएको नेप्सेले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको