Like us!
Follow us!
Connect us!
Watch us!

बजार पूँजीकरण पुनः ३७ खर्ब माथि

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, २२ : १० मा प्रकाशित

बजार पूँजीकरण पुनः ३७ खर्ब माथि

कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २७.४७ बिन्दुले उकालो लागेर दुई हजार ६७३.३१ मा पुगेको छ ।

कारोबार रकम समेत झण्डै रु छ अर्ब बराबर भएको छ ।नेप्सेका अनुसार कूल २२० कम्पनीको एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर रु पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । जीवन बीमा, व्यापार र निर्जीवन बीमा कम्पनीको शेयरमा सबैभन्दा बढी वृद्धि भएको छ ।

जीवन बीमा २६७.१८, व्यापार २२१.६७ र निर्जीवन बीमा १७६.४८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ३.३८, होटल तथा पर्यटन २३.१९, विकास बैंक १५.२३, जलविद्युत् २१.०७, वित्त १७.४९, उत्पादन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, सामूहिक लगानी कोष ०.०२ र लगानी १.४९ बिन्दुले उकालो लागेको छ । आजको वृद्धिपछि बजार पूँजीकरण समेत पुनः उच्च बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार कूल रु ३७ खर्ब नौ अर्ब पाँच करोड ६८ लाख ७४ हजार ५०६ बराबरको बजार पूँजीकरण भएको छ ।

अर्थतन्त्रका अन्य क्षेत्र समस्यामा परेको बेला मुलुकको शेयर बजारले भने सकारात्मक दिशा निर्देश गरेको छ । नेप्सेका अनुसार आज बोटलर्स नेपाल तराई र रुरु जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर क्रमशः १० र ९.९७ प्रतिशतले वृद्धि भए ।

युनाइटेड मोदी ९.९१, गुह्यश्वरी मर्चेन्ट बैंक ९.८८ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.०५ प्रतिशतले कमाए ।

यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएर नकारात्मक सर्किट लाग्यो । लिवर्टी इनर्जी २.९९ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए ।

कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ७६ करोड ६५ लाख ३४ हजार ४१८ बराबरको कारोवार भयो । यस्तै अपि पावर रु २० करोड २३ लाख ७० हजार ३८१ र शिवम् सिमेन्ट रु १६ करोड २२ लाख ७० हजार ४२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको