गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २४.५१ प्रतिशतले धेरै हो ।  गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ३७ लाख ६० हजार खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।  गत वर्षको तुलनामा यो आम्दानी १२२.६८ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो आम्दानी १ अर्ब ३६ करोड ९३ लाख १५ हजार रुपैयाँमा सीमित थियो ।
हाल चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ  जगेडा कोष रकम पनिरहेको कम्पनीको जगेडा कोषमा ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ रहेको छ ।  यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा रहेको छ । 
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :-
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस