Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १० : ४४ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर भर्ने आज (वैशाख २९ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले संस्थाकाे ६२ हजार ३ सय ८८ कित्ता संस्थापक समूहकाे सेयरहरू वैशाख २३ गते, बिहीबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ५ सय ७६ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले आजसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको