एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर भर्ने आज (वैशाख २९ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले संस्थाकाे ६२ हजार ३ सय ८८ कित्ता संस्थापक समूहकाे सेयरहरू वैशाख २३ गते, बिहीबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ५ सय ७६ रूपैयाँ ताेकिएकाे छ । 
लगानीकर्ताले आजसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस