बलिउडका चर्चित अभिनेता सलमान खानकाे नयाँ फिल्म रिलिज हुनासाथ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न सकिने भएकाे छ ।
डिजिटल पेमेन्ट गेट वे खल्तीबाट शुल्क तिरेर अभिनेता खानकाे रिलिज हुन लागेकाे फिल्म राधे हेर्न सकिने भएकाे हाे। खल्तीले राधे फिल्मका वितरक ए. एट फिल्मिस् प्रा. लि. का निरज पौडेलसँग राधे फिल्मकाे पे पर भिउजको आधारमा चलचित्र हेर्नको लागि आधिकारिक पेमेन्ट पार्टनरका रूपमा सेवा दिने सम्झाैता गरेकाे छ । 
प्रयाेगकर्ताहरूले खल्तीबाट शुल्क भुक्तानी गरेर नेट टिभीलगायतका अनलाइन प्लेटफर्ममा राधे फिल्म हेर्न पाउने छन् । फिल्म हेर्नका लागि प्रयोगकर्ताहरूले खल्तीबाट भाउचर खरीद गर्न सक्दछन्।
खल्तीमा रहेको Utility सेक्सन भित्र पी पी भी मुभिजमा भाउचर कोड किन्न सक्नेछन्। एक पटक भाउचर कोड ओटीटी प्लेटफर्ममा रिडिम भएपछि, दर्शकहरूले २४  घण्टाभित्र फिल्म हेर्न सक्दछन्।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस