Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको मुनाफामा उछाल, प्रतिसेयर आम्दानी ४६५.५८ रुपैयाँ

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, ०९ : ०८ मा प्रकाशित

युनिलिभर नेपालको मुनाफामा उछाल, प्रतिसेयर आम्दानी ४६५.५८ रुपैयाँ

युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको  ।  

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार अघिल्लो बर्षको यहि अवधिको तुलनामा कम्पनीको मुनाफामा ब्यापक बृद्धि भएको छ । गत बर्ष कम्पनीको यो अवधिमा कम्पनी ७ करोड ६३ लाख रुपैयाँ नोक्सनीमा थियो भने यो समिक्षा अवधि सम्ममा यस्तो मुनाफा बढेर ३२ करोड १६ लाख रुपैयाँ पुगेको हो। 

समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि ६१.९८ प्रतिशतले बढेको छ। गत वर्षको यही अवधिसम्ममा कम्पनीले कुल १ अर्ब ७ करोड रुपैयाँको उत्पादन बिक्रि गरेकोमा अहिले समिक्षा अवधिसम्ममा यो बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको चुुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएसे) ४६५ रुपैयाँ ५८ पैसा पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस ११०.४६ रुपैयाँ ऋणात्मक रहेको थियो । कम्पनीको प्रतिसेय नेटवर्थ २६६४.८२ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको