Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित !

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १० : ४२ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित !

सानिमा जनरल इन्स्योरेन्सले आफ्नो तेस्रो साधारण सभा बढ्दो कोरोना प्रभावका कारण  स्थगित गरेको छ ।  

कम्पनीले जेठ ११ मंगलबार काठमाडौँको आम्रपाली ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको थियो । कम्पनीले अर्को सूचना जारी नभएसम्मको लागि बुक क्लोज मितिमा कुनै परिवर्तन नहुने गरि साधारणसभा स्थगित गरेको हो ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख २९ देखि जेठ ११ गत्तेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा सभामा सहभागि हुन पाउनेछन् ।

सभामा आर्थिक वर्ष ७६र७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७र७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको