बिहीबार नेप्से दाेहाेराे अंकले बढेकाे छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो ।
यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ६६ रूपैयाँ पुगेकाे छ ।
त्यसपश्चात् क्रमश : दिव्यश्वरी हाइड्रोपावर, विशाल बजार कम्पनी, रूरू जलविद्युत परियाेजना लिमिटेड, सप्तकाेशी डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, जाेशी हाइड्राेपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स कम्पनी र युनियन हाइड्राेपावर र सेन्ट्रल फाइनान्सका लगानीकर्ता मालामाल भएका छन् । यी सबै कम्पनीकाे सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस