Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ३०.५९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, ०९ : ०८ मा प्रकाशित

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ३०.५९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलानामा ३०.५९ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ४ करोड ४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिसम्म कम्पनीको संचालन आम्दानी भने ३.७७ प्रतिशतले घटेर २२ करोड ६३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ५२ लाख २१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो  । 
चैत मसान्तसम्म कम्पनीले अन्य स्रोतबाट १४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ। 

हाल चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ रहेको छ ।  वर्ष चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको