Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन ?

नेप्से

आइतबार, ०२ जेठ २०७८, १५ : ४५ मा प्रकाशित

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन ?

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेप्से परिसूचक र काराेबार रकम दुवैमा उछाल आएकाे छ । सेयर बजारले ऐतिहासिक उचाई कायम गरेकाे छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७३८.२९ विन्दुमा पुगेकाे छ । यस दिन कूल २१४ वटा कम्पनीकाे २ कराेड १३ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँको कारोबार भएकाे छ ।

आइतबार रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ८० रूपैयाँमा पुगेकाे छ । कम्पनीकाे साधारण सेयर वैशाख महिनामा मात्र नेप्सेमा सूचिकृत भएकाे थियाे । दाेश्राे बजारमा काराेबार सुरू भएसँगै कम्पनीकाे मूल्य निरन्तर उकालाे लागिरहेकाे छ ।

सबैभन्दा धेरै मूल्य बढ्ने दाेश्राे सूचिमा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ हजार एक सय २८ रूपैयाँमा पुगेकाे छ । कम्पनीकाे सेयरमूल्य हकप्रदका कारणले गर्दा बढेकाे हाे । कम्पनीले हकप्रद निष्कासनकाे प्रकृया अघि बढाइरहेकाे छ । कम्पनीले निष्कासन गर्न लागेकाे हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ । कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ । कम्पनीकाे चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा सम्पन्न भएकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभाले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

निषेधाज्ञामा चम्किँदै सेयर बजार, परिसूचक र कारोबार रकम दुवैमा उछाल

यस दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीकाे तेश्राे सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९५ प्रतिशतले बढेर एक हजार २ सय ८२ रूपैयाँ पुगेकाे छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएपछि १० महिनासम्म रोक्का रहेको कम्पनीको कारोबार खुलेसँगै लगातार बढिरहेको छ ।

त्यसपश्चात् क्रमश : सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.९० प्रतिशतले बढेर २ सय २२ रूपैयाँ पुगेकाे छ । प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९० प्रतिशतले बढेर २ सय २२ रूपैयाँ पुगेकाे छ । बरूण हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८३ प्रतिशतले बढेर ३ सय २४ रूपैयाँ पुगेकाे छ । आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७६ प्रतिशतले बढेर एक हजार २ सय ६० पुगेकाे छ । विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.३७ प्रतिशतले बढेर ६ हजार ४ सय ७९ पुगेकाे छ । सिन्धु विकास बैंक लिमिटेडकाे सेयरमूल्य ७.७८ प्रतिशतले बढेर २ सय ७७ रूपैयाँ पुगेकाे छ । प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ७.५६ प्रतिशतले बढेर ८ सय ३९ रूपैयाँ पुगेकाे छ ।

60a0ea148d05f.jpg

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको