Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियालाई नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बोर्डको स्वीकृती

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, १४ : ४० मा प्रकाशित

एनआईसी एशियालाई नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बोर्डको स्वीकृती

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट – ३० (इन्डेक्स फण्ड) निष्कासन गर्न नियामक निकाय  नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेकाे छ । याे बन्दमुखी योजना हो । 

 एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको याे फण्ड सात वर्षकाे अवधिका लागि निष्कासन गर्न लागिएकाे हाे । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यस योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिनेछ ।

60a232bcc1966.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको