Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युत र समता घरेलु लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

सोमबार, ०३ जेठ २०७८, १५ : २३ मा प्रकाशित

रु रु जलविद्युत र समता घरेलु लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज (साेमबार) पनि सेयर बजारमा उत्साह कायम नै रहेकाे छ । सेयर बजारले साेमबार फेरि अर्काे ऐतिहासिक उचाई कायम गरेकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७५९.२१ विन्दुमा पुगेकाे छ । यस दिन कूल कूल २१८ वटा कम्पनीकाे एक कराेड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँको कारोबार भएकाे छ ।

साेमबार पनि रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ६८ रूपैयाँमा पुगेकाे छ । कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर वैशाख १९ गते, आइतबार नेप्सेमा सूचिकृत भएकाे थियाे । दाेश्राे बजारमा काराेबार सुरू भएसँगै कम्पनीकाे मूल्य निरन्तर उकालाे लागिरहेकाे छ । 

कोरोना कहरमा सेयर बजार गुल्जार, के बजारमा ठुला लगानीकर्ताको प्रवेश भएको हो ?

सबैभन्दा धेरै मूल्य बढ्ने दाेश्राे सूचिमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर एक हजार ४ सय १० रूपैयाँ पुगेकाे छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएपछि गत असार १ गते, साेमबारबाट दाेश्राे बजारमा राेक्का राखिएकाे समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार वैशाख २१ गते, मंगलबारबाट खुलेकाे थियाे । कारोबार खुलेसँगै संस्थाकाे सेयरमूल्य लगातार बढिरहेको छ । 

यस दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीकाे तेश्राे सूचीमा राधी जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९४ प्रतिशतले बढेर ७ सय ७४ रूपैयाँ पुगेकाे छ । कम्पनीकाे सेयरमूल्य बढ्नुकाे कारण कम्पनीले घाेषणा गरेकाे लाभांश हाे । कम्पनीले आजै मात्र गत आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हालको चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हाे ।

त्यसपश्चात् क्रमश :कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.९३ प्रतिशतले बढेर ७ सय ४२ रूपैयाँ पुगेकाे छ । प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९१ प्रतिशतले बढेर २ सय ४४ रूपैयाँ पुगेकाे छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड ९.८९ प्रतिशतले बढेर २ हजार २२ रूपैयाँ पुगेकाे छ ।  बरूण हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८८ प्रतिशतले बढेर ३ सय ५६ रूपैयाँ पुगेकाे छ । पञ्चकन्या माइ हाइड्राेपावरकाे सेयरमूल्य ९.७५ प्रतिशतले बढेर २ सय ५९ रूपैयाँ पुगेकाे छ । नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७३ प्रतिशतले बढेर ३ सय ६१ रूपैयाँ पुगेकाे छ । रिडी हाइड्राेपावरकाे सेयरमूल्य ९.७२ प्रतिशतले बढेर ३ सय १६ रूपैयाँ पुगेकाे छ ।

60a2395eca9b1.jpg

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको