Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना कहरमा सेयर बजार गुल्जार, के बजारमा ठुला लगानीकर्ताको प्रवेश भएको हो ?

नेप्से

सोमबार, ०३ जेठ २०७८, १५ : ०५ मा प्रकाशित

कोरोना कहरमा सेयर बजार गुल्जार, के बजारमा ठुला लगानीकर्ताको प्रवेश भएको हो ?

विगत १९ दिनदेखि काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरुसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ  । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर नेपालमा पनि फैलिरहेको छ  । जसको न्यूनीकरणको लागि भन्दै संक्रमणको जोखिम रहेका विभिन्न जिल्लामा निषेधाज्ञा आदेश जारी गरिएको छ  । जसले गर्दा व्यापार व्यवसाय ठप्प छ  । निषेधाज्ञाकैबीच सेयर बजार भने चम्किएको छ  । लगानीको अन्यत्र स्रोत बन्द हुँदा लगानीकर्ताहरु सेयर बजारमा आकर्षित भएका हुन्  । 

सेयर बजारले आज (सोमबार) पनि नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु अलटाइम हाइ हो । नेप्से ०.७६ प्रतिशतले बढेको हो । विविध उतारचढावकाबीच नेप्से परिसूचक २७५९.२१ बिन्दुमा पुगेर बजार बन्द भएको हो । प्री-ओपन सेसनमा बढेको नेप्से परिसूचकले बजार खुलेको केहि समयपछी नै २७७० बिन्दु पार गरेको थियो । त्यसपछि अपडाउन हुँदै बजार सो बिन्दुमा पुगेर बन्द भएको हो । यसअघि हिजो (आइतबार) मात्रै सेयर बजारले यसअघिको सम्पूर्ण रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउन सफल भएको थियो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर २७३१.२९ बिन्दुमा पुगेको थियो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ४.४५ अंकले बढेर ४९२.५८ बिन्दुमा पुगेको छ ।

आज कूल २१८ कम्पनीको एक करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९  रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा थोरै हो ।आइतबार १० अर्ब २ करोड ६६ लाख २८ हजार ११६  रुपैयाँको कारोबार भएको थियो । कारोबार रकम पनि पछिल्लो समय बढेको हो । 

निशेधाज्ञाले अन्यत्र लगानीको स्रोत बन्द हुँदा ठुलो लगानीकर्ता बजार प्रवेश गरेको विश्लेषकहरुको अनुमान छ । अब बजार २८ सयको बाटोमा लम्किएको छ । बजार बढेसँगै लगानीकर्ताको मनोबल पनि बढ्ने हुँदा बजार झनै बढ्ने विश्लेषकहरुको भनाइ रहेको छ ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १० वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयरमूल्य घटेको छ ।


आज ११ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । जसमध्ये एक कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै समता घरेलू लघुवित्त, राधी विद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, गुँरास लघुवित्त, बरुण हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

यता, एनबिबिएल १०.२५% डिबेन्चर २०८५, एनआईसी एशिया ११%डिबेन्चर ८२८३, विशालबजार कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, ज्योति विकास बैंक लगायत कम्पनीहरुको सेयरमूल्य घटेको छ ।

त्यसैगरी, कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ६० करोड ८६ लाख ६१ हजार भन्दा धेरै कारोबार गरेको छ । त्यसैगरी, क्रमश: नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, अरुण कावेली पावर, अप्पर तामाकोशी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सानिमा बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाइड्रोइलेक्ट्री इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको