Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्त र रु रु जलविद्युतसहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

बुधबार, ०५ जेठ २०७८, १५ : ३८ मा प्रकाशित

समता घरेलु लघुवित्त र रु रु जलविद्युतसहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घट्दा पनि काराेबार रकमले भने नयाँ रेकर्ड बनाएकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ मा पुगेकाे छ । नेप्से ०.४७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.०८ अंकले घटेर ४९६.१४ मा पुगेको छ । कूल २१४ वटा कम्पनीकाे २ कराेड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय ११ रुपैयाँको कारोबार भएकाे छ ।

बुधबार सबैभन्दा धेरै नाफा कमाउनेकाे पहिलाे सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक हजार ७ सय ६ रूपैयाँ पुगेकाे छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएपछि गत असार १ गते, साेमबारबाट दाेश्राे बजारमा राेक्का राखिएकाे समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार वैशाख २१ गते, मंगलबारबाट खुलेकाे थियाे । कारोबार खुलेसँगै संस्थाकाे सेयरमूल्य लगातार बढिरहेको छ ।

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकममा भने उछाल 

सबैभन्दा धेरै मूल्य बढ्ने दाेश्राे सूचिमा रूरू जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९६ प्रतिशतले बढेर एक हजार एक सय ७० रूपैयाँमा पुगेकाे छ । कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर वैशाख १९ गते, आइतबार नेप्सेमा सूचिकृत भएकाे थियाे । दाेश्राे बजारमा काराेबार सुरू भएसँगै कम्पनीकाे मूल्य निरन्तर उकालाे लागिरहेकाे छ । 

यस दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीकाे तेश्राे सूचीमा गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९३ प्रतिशतले बढेर ५ सय ८७ रूपैयाँ पुगेकाे छ । 

नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८२ प्रतिशतले बढेर ४ सय ३६ रूपैयाँ पुगेकाे छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.६२ प्रतिशतले बढेर २ सय ६२ रूपैयाँ पुगेकाे छ ।

राधी जलविद्युत कम्पनीकाे सेयरमूल्य ८.११ प्रतिशतले बढेर ९ सय २० रूपैयाँ पुगेकाे छ । कम्पनीकाे सेयरमूल्य बढ्नुकाे कारण कम्पनीले घाेषणा गरेकाे लाभांश हाे । कम्पनीले साेमबार मात्र गत आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश प्रस्ताव गरेको थियाे । कम्पनीले हालको चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हाे ।

त्यसपश्चात् क्रमश : युनाइटेड इदी मर्दीकाे सेयरमूल्य ७.८४ प्रतिशतले बढेर ३ सय ८५ रूपैयाँ पुगेकाे छ । विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य ५.४९ प्रतिशतले बढेर ७ हजार ३ सय ८० रूपैयाँ पुगेकाे छ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.९६ प्रतिशतले बढेर २ सय ५४ रूपैयाँ पुगेकाे छ । अरूण भ्याली हाइड्राेपावरकाे सेयरमूल्य ४.७२ प्रतिशतले बढेर ३ सय ७७ रूपैयाँ पुगेकाे छ ।

60a4e4200b9fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको