Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकः मोफसलमा जन्मेर केन्द्रीय तहमा अग्रणी, लाभांशमा समेत सबैलाई उछिन्दै

कृष्ण भट्टराई

बुधबार, ०५ जेठ २०७८, २० : २९ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकः मोफसलमा जन्मेर केन्द्रीय तहमा अग्रणी, लाभांशमा समेत सबैलाई उछिन्दै

पूँजीका आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो विकास बैंक हो मुक्तिनाथ विकास बैंक । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरणअनुसार बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विकास बैंकहरुमा सबैभन्दा बढी खुद मुनाफा कमाउने बैंक नै मुक्तिनाथ बैंक हो । यो मुनाफा कतिपय वाणिज्य बैंकहरुको तुलनामा पनि निकै बढी हो । 

नेपालको इतिहासमै १ अर्बभन्दा बढी मुनाफा हाँसिल गर्ने पहिलो विकास बैंक बन्न सफल भएको छ मुक्तिनाथ विकास बैंक । हालसम्म कुनै पनि विकास बैंकले १ अर्बभन्दा बढी मुनाफा हाँसिल गरेका थिएनन् ।

बैंकको वित्तीय अबस्था

बैंकको पछिल्लो वित्तीय अबस्थालाइ हेर्दा बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८७ पैसा छ । गत आर्थिक वर्षको चैत्त मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८४ पैसा थियो । यस हिसाबले हेर्दा बैंकले गत बर्षको तुलनामा लाभांश बढाउने देखिन्छ । बैंकले गत बर्ष १।२५ प्रतिशत बोनस सेयरसहित १५.५१ प्रतिशत लाभांश दिएको थियो ।

तेस्रो त्रैमाससम्ममा बैंकको रिजर्भको आकारमा पनि बृद्धि भएको छ । गत बर्षको यो अवधिमा बैंकको रिजर्भमा ८१ करोड ५६ लाख रुपैयाँ मात्र रहेकोमा अहिले त्यो बृद्धि भएर १ अर्ब १ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख रुपैयाँ रहेको छ ।



मुक्तिनाथ विकास बैंकको नाफामा उछाल, कति पुग्यो ईपिएस ?

बैंककोे चालु बर्षको ९ महिनामा निक्षेप ५७ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ७९ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको खुद कर्जा लगानी ४७ अर्ब ६६ करोड रुपैयाँबाट बढेर ६८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

बैंकको निस्कृय कर्जा भने केहि बढेको देखिन्छ । गत आर्थिक वर्षको असार मसान्त ०।०९ प्रतिशत रहेको निष्कृय कर्जा चैत मसान्तसम्म आइपुग्दा ०.२१ प्रतिशत पुगेको छ  । बैंकको आधार दर ११.३९ प्रतिशतबाट ८.०१ प्रतिशतमा र स्प्रेड दर ५.५७ प्रतिशतबाट ४.९२ प्रतिशतमा झरेको छ।

हाल बैंकका ७ वटै प्रदेशमा १५५ शाखा र २२ वटा एटीएम रहेका छन् ।

सेयर बजारमा मुक्तिनाथ

सेयर बजारमा मुक्तिनाथ विकास बैंकको अबस्थालाइ हेरौं । बैंकका ४ करोड ८१ लाख १५ हजार ५ सय ८ कित्ता सेयर नेप्सेमा सूचिकृत छन् । बैंकको सेयर एक बर्षयता अधिकतम ४६३ रूपैयाँ र न्युनतम २६८ रूपैयाँमा कारोबार भएको छ । पछिल्लो १२० दिनको औषत मूल्य ३९९ रूपैयाँ रहेको छ । भोलुमको आधारमा हेर्दा पनि विकास बैंकहरु मध्येमा मुक्तिनाथ विकास बैंक दैनिक राम्रो संख्यामा कारोबार हुने कम्पनीमा पर्दै आएको छ ।

कम्पनीको मूल्यलाइ एक छिन नियालौं । बैंकको सेयर मूल्य औषत मूल्यलाई आधार मानेर हेर्दा केही सेयर मूल्यमा धेरै उथल पुथल भएजस्तो देखिदैन । सर्वाधिक ४६३ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य अहिले पनि प्रतिकित्ता ४५० को हाराहारीमा छ । कम्पनीको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) १६.०४ छ । यो भनेको कम्पनीमा लगानी गर्न जोखिम छैन भन्ने हो । पिइ रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागिउत्तम मानिन्छ । पिइ रेसियो २० सम्मलाइ जोखिम नभएको सेयर मानिन्छ ।

 

लाभांशको इतिहास

कम्पनीको लाभांशको इतिहास हेर्ने हो भने पनि मुक्तिनाथ विकास बैंकलाइ उत्कृष्ट मान्न सकिन्छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७५/७६ मा १८ दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसमा बोनस सेयरको हिस्सा १७ दशमलव ६ प्रतिशत थियो । बैंकले आर्थिक वर्ष २०७४÷७५ मा १८ दशमलव २५ प्रतिशत बोनश शेयर, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत बोनश शेयर, २०७२/७३ मा ३४ प्रतिशत बोनस सेयर, २०७१/७२ मा ३१ प्रतिशत बोनस सेयर, २०७०/७१ मा ३८ प्रतिशत बोनस सेयर, २०७९/७० मा २० प्रतिशत बोनस सेयर र २०६८/२०६९ मा २२.५ बोनश सेयर र २७.५ प्रतिशत नगद लाभांश गरि ५० प्रतिशत लाभांश वितरण गरेको थियो । यस हिसावले आठ बर्षअघि बैंकको १ सय कित्ता सेयर किन्ने लगानीकर्ताको सेयर अहिले ६६० कित्ता पुगेको छ । सेयरधनीले यसबीचमा राम्रो नगद लाभांश समेत बुझिसकेका छन् ।

बैंकको ब्यवस्थापन

मुक्तिनाथ विकास बैंकको ब्यवस्थापनलाइ हेरौं । कम्पनीको परफरमेन्स हेर्न त्यसको ब्यवस्थापनलाइ हेर्नु पर्छ । मुक्तिनाथ विकास बैंक सबैभन्दा पहिले स्याङ्जा जिल्लाको पहाडी क्षेत्रलाई लक्षित गरि त्यँहाका स्थानिय समूहहरुको प्रयासबाट स्थापित कम्पनी हो ।

सन् २००७ मा ख बर्ग को वित्तिय संस्थाका रुपमा तत्कालिन पश्मिाञ्चल (हाल गण्डकी प्रदेश) का ३ जिल्ला स्याङ्जा, कास्की र तँनहुमा वित्तिय गतिविधी सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको हो ।   

“जनता बैंकमा होईन, बैंक जनताको मा जनुपर्छ” भन्ने नारालाई स्थापित गर्दै बैकले बैंकिङ पुँहुच नपुगेका जनता र क्षेत्रहरुमा शाखा विस्तार गर्दै बैंकले अहिलेको उपलब्धि हासिल गर्न सफल भएको देखिन्छ ।

हाल बैंकको भगिनी संस्थाका रुपमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा छन् ।

हाल मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल रहेका छन् । ब्यबस्थापनमा स्नातकोत्तर गरेका ढकाल २० बर्ष देखि निरन्तर बैंकिङ क्षेत्रमा आवद्ध छन् ।

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा बि.सं. २०६३ देखि २०७५ सालसम्म १२ बर्ष काम गरिसकेका ढकाल २०७६ मंसिर ३० गतेदेखि बैंकको अध्यक्ष बनेका हुन् । बैंकको १२ बर्षसम्म व्यवस्थापकीय नेतृत्व गरेका ढकालको कार्यकालमा बैंकले छोटो समयमा नै राम्रो उपलब्धि हासिल गरेको छ ।

अहिले बैंकको बोर्ड सदस्यहरुमा जगेन्द्रमान श्रेष्ठ, रबिन्द्रमान श्रेष्ठ, शालिग्राम मिश्र, निर्मला कुमारी केसी (कार्की) र श्यामुन्दर शर्मा रहेका छन् ।  

हाल मुक्तिनाथ विकास बैंकको व्यवस्थापकीय नेतृत्व (सीईओ) मा प्रद्युमन पोख्रेल रहेका छन् । उनले २९ वर्षभन्दा लामो बैकिङ्ग करियरमा एक दर्जन बैंक र विकास बैंकमा उच्च पदमा रहि कार्य सम्पादन गरिसकेका छन् । पोख्रेल विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्षसमेत हुन् । उनले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गरेका छन् ।




 

मुक्तिनाथ विकास बैंकको समग्र अबस्था हेर्दा  यसमा गरिने लगानी दीर्घकालीन रूपमा निकै फाइदाजनक हुने देखिन्छ । बैंकको  बजार मूल्य बढेर हुने मुनाफा त छँदैछ, यसले हरेक बर्ष दिने लाभांश समेत आकर्षक रहेको  छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी २७ रूपैयाँभन्दा बढी रहेकाले यस बर्षको लाभांशसमेत आकर्षक हुने देखिन्छ । अहिले बजारमा यो बैंकको भन्दा पनि कम लाभांश दिएका कतिपय कम्पनीहरूको मूल्य योभन्दा बढी छ । त्यसैले मुक्तिनाथ को सेयर मूल्य निकै कम हो । यसको सेयर अण्डर भ्यालुको रहेकाले  मूल्य अझै उचालिने  देखिन्छ ।


Source:https://www.muktinathbank.com.np/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको