Like us!
Follow us!
Connect us!
Watch us!

बजार प्रभावित गर्नेहरुलाई धितोपत्र बोर्डको चेतावनीः निशानामा निर्मल प्रधान

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, १९ : ४७ मा प्रकाशित

बजार प्रभावित गर्नेहरुलाई धितोपत्र बोर्डको चेतावनीः निशानामा निर्मल प्रधान

नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बिभिन्न सामाजिक सञ्जार र मिडियाहरु मार्फत सेयरलाई प्रभावित पार्ने व्यक्ति तथा समूहलाई कारवाहि गर्ने चेतावनी दिएको छ । हिजो एक अन्तरबार्तामा नेपालको सेयर बजारका बादशाह भनेर चिनिने निर्मल प्रधानले कम्पनीको नामनै तोकि सेयर खरिद गर्न सुझायका थिए ।

हिजोको अन्तरबर्तामा प्रधानले कम्पनीहरुको नामनै तोकि सेयर किन्न र बेच्न सुझाव दिएपछि केहि हदसम्म आज बजार पनि त्यसै अनुरुपप प्रभावित भएपछि सेवोनले  चेतावनीपुर्ण विज्ञप्ति प्रकासित गरेको ।

अरुण भ्यालीको सेयर किनबेचमा जे देखियोः स्वभाविक कि चलखेल ?

आज विहिबार एक बिज्ञप्ति जारी गर्दै सेवोनले ‘विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मूल्य बढ़ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिकी गर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको प्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेछ, ‘ अबका दिनमा कोही कसैले उक्त कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने छ जनाएको छ । 

साथै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने भन्दै संचार माध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मुख्य बढ्ने वा घट्ने विषयमा टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु किन्न उक्साउने वा नकिन्न प्रेरीत गर्ने वा बजारको स्वतन्त्र रुपले सन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन समेत निर्देशन दिएको छ ।

अब उपरान्त कुनै व्यक्ति वा समूहले यस्तो गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ कमोजिम कारवाही हुन सक्ने भन्दै बोर्डले लगानीकर्ताहरुलाई कसैको उक्साहटमा नलागी सुझबुझले लगानीगर्न अनुरोध गरेको छ ।  

60a66c393eb68.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको