Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ६४ कराेड ६२ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

शनिबार, ०८ जेठ २०७८, १५ : ५६ मा प्रकाशित

राष्ट्र बैंकले ६४ कराेड ६२ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंक लिमिटेडले ६४ कराेड ६२ लाख रुपैयाँ भन्दा धेरै रकम मुद्दती तथा क निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयाेजनाहरूकाे रहेको उक्त रकम मुद्दती तथा कल निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ५१ कराेड ४४ लाख ६२ हजार ९ सय ६० रूपैयाँ बराबरकाे रकम १ वर्षकाे मुद्दती निक्षेपमा र १३ कराेड १८ लाख ९६ हजार ७ सय ४० रूपैयाँ कल निक्षेपमा लगानी गर्न लागेको हो ।

तलकाे सूचनामा उल्लेखि शर्त बमाेजिम बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते, बेलुका ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

60a8d9a8065ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको