Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, ०६ : ५६ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डमा आवेदन दिने आज अन्तिम दिन

1

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबार देखि बिक्रीमा ल्याएको प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

शुक्रबारसम्ममा मागभन्दा १.५३ गुणा धेरै इकाईका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ । तेश्रो दिनसम्ममा ५६ हजार ३ सय १२ जना आवेदकबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रुपैयाँ बराबरको १३ करोड ६ लाख २० हजार ६ सय ईकाइका लागि आवेदन परेकोे हो  ।

क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई छुट्याइएको छ । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।

लगानीकर्ताले यस फण्डमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थिया तर कम्पनीको म्युचुअल फण्डमा छिटो अबधिमै माग भन्दा बढि आवेदन परेकाले आजबाट कम्पनीको बिक्रि बन्द हुनेछ । आवेदकले न्युनतम १ सय इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । 

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । 

म्युचुअल फण्ड के हो ? यसमा लगानी गर्न इच्छुक लगानीकर्ताले जान्नुहोस् यी कुराहरु

साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई  ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानीगर्ने कम्पनी भनेको म्युचुअल फन्ड हो।

म्युचुअल फन्ड एक सामूहिक लगानी कोष हो। यँहा लगानी गर्ने हरेक लगानीकर्ता कम्पनीको समूहको सदस्य बन्दछन। म्युचुअल फन्ड कम्पनीमा विवेकशील र सम्बन्धति क्षेत्रमा ज्ञान र अनुभवभएका व्यक्तिहरूले कम्पनी सञ्चालन गरेका हुन्छन।

यी कम्पनीहरूले लगानीका लागि निकै श्रम र समय खर्चेका हुन्छन जसकारण यी फन्डहरूले राम्रा प्रतिफलदिने, सम्भावित भएका एंवम सम्बन्धित क्षेत्रमा उत्कृषट प्रर्दशन गर्ने कम्पनीहरूमा लगानी गर्दछन्।

यी फन्डहरूले विविध क्षेत्रका कम्पनी, बन्ड, ऋणपत्र, सरकारी धितोपत्र, मुद्दती निक्षेप आदिमा लगानी गर्दछन्।दिगोरूपले नाफा आर्जनगर्ने उद्देश्यले लगानीगर्दा यी कम्पनीले प्रतिफलपनि राम्रै दिन्छन।

म्युचुअल फन्डको विश्लेषणमा प्रमुख आधार भनेको त्यस कम्पनीको कूल सम्पत्ति मूल्य (Net Assets Value) हो। यो सूचकले फन्डको सम्रग सम्पतिको मूल्याङ्कन गर्दछ।

कूल सम्पत्ति मूल्यलाई  कम्पनीको कूल युनिटले भाग गर्दा आउने अनुपातलाई कूल सम्पति मूल्य प्रति युनिट (Net Asset Value Per Unit) म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्।

१. खुलामुखी फन्ड(Open Ended Fund): खुलामुखी फन्डले कुनै बखतमा पनि लगानीकर्तालाई सेयर बिक्री गर्ने गर्दछ र लगानीकर्ताले बिक्री गर्न आएमा पुनस् खरिद गर्दछ।

यो फन्डको निश्चित समय तोकिएको हुँदैन। यस प्रकारको फन्ड नेप्सेमा सूचिकृत गरिएको हुँदैन जसकारण यो दोस्रो बजारमा किनबेच हुँदैन।

२. बन्दमुखी फन्ड(Close Ended Fund): यस प्रकारको फन्डले एकचोटी सेयर जारी गरिसकेपछि निश्चित समय अविधिभर सो योजना अन्तर्गत अर्को सेयर जारी गर्दैन।

यस प्रकारको फन्ड नेप्सेमा सुचिकृत गरिएको हुन्छ र यो ब्रोकरमार्फत खरीदबिक्री गर्न सकिन्छ।

म्युचुअल फन्ड डिस्काउन्ट र प्रिमियम मूल्यमा पनि जारी गरिन्छ। प्रतियुनिट सम्पति मूल्यभन्दा धेरै मूल्यमा सेयर जारी गरियो भने त्यो प्रिमियममा जारी भएको बुझिन्छ।

त्यसको विपरीत यदी प्रतियुनिट सम्पति मूल्यभन्दा थोरै मूल्यमा सेयर जारी गरियो भने त्यो डिस्काउन्टमा जारी भएको बुझिन्छ।

म्युचुअल फन्डका केही विशेषताहरू :

१.लगानीमा विविधिकरण(Diversification In Investment): म्युचुअल फन्डको लगानी विविध क्षेत्रमा गरिएको हुन्छ जसले जोखिम न्युनिकरण गर्न मद्दत पुग्दछ।

२.तरलता(Liquidity): खुलामुखी फन्डका लगानीकर्ताले तोकिएको समय अविधिभरमा बिक्री गर्न सकिन्छ जुन प्रतियुनिट कूल सम्पति मूल्य (Net Assets Value Per Unit) कै बराबर हुने गर्दछ। यस्ता फन्ड तरल सम्पति हुन्।

३.लगानीको कुशल व्यवस्थापन(Proper Investment Management): म्युचुअल फन्ड कम्पनीले लगानीगर्दा अनुभवी पोर्टफोलियो व्यवस्थापकलाई अ‍ौपचारिक रूपले लगानीको जिम्मेवारी दिएका हुन्छन जसले वृहत खोज र अध्धयन गरी निर्णय गर्दछन्।

४.सरकारको नियमन तथा पार्दशिता(Government Convinience and Transperancy): म्युचुअल फन्डले सरकारी निति र कानुन बमोजिम कार्य गर्नुपर्दछ र सरकारले यस्ता कम्पनीको नियमन गर्दछ। आवश्यक परेमा सरकारले नितिनियम परिमार्जन एवम् बद्लाव गर्दछ। त्यसका साथै वित्तिय विवरण, आयव्यय विविरण जस्ता महत्वपूर्ण प्रतिवेदनको पार्दशिता निश्पक्ष रूपले यी कम्पनीले खुलासा गर्दछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको