Like us!
Follow us!
Connect us!
Watch us!

इतिहास कोर्दै सेयर बजार, राजनीतिक प्रभाव शून्य

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, १४ : ५८ मा प्रकाशित

इतिहास कोर्दै सेयर बजार, राजनीतिक प्रभाव शून्य

साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ  । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेको छ  । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो  । नेप्से परिसूचक १.१८ प्रतिशतले बढेको हो  ।

यसअघि जेठ ४ गते नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा पुगी बन्द भएको थियो । जेठ ५ गते नेप्से परिसूचकले २८२१.०२ को चुमे पनि बजार  बन्द हुँदासम्म घटेर २७८०.८१ बिन्दुमा पुगेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेन्सेटिभ परिसूचक पनि ८.२३ अंकले बढेर ५०७.२० अंकमा पुगेको छ ।

आज कूल २२० कम्पनीको २ करोड ४५ लाख ८९ हजार ७ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४२ करोड ३१ लाख ५८ हजार ७४३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समय कारोबार रकममा उछाल आउँन थालेको छ  । जेठ ५ गते बुधबार मात्रै बजारले ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँको कारोबार गरी नयाँ रेकर्ड बनाएको थियो ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १० वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकि ३ वटा उपसमूहको सेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार आइतबार १६ कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, अन्य १४ कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ  ।
आइतबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, युनाइटेड इदी मर्दी हाइड्राेपावर, सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड , गुडविल फाइनान्स कम्पनी लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स कम्पनी लिमिटेडलगायत कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको हो ।

यता, रुरु विद्युत परियोजना, समता घरेलु लघुवित्त, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रोमोटर सेयर, गुँरास लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट बैंकको १०.५ प्रतिशत डिबेन्चर २०८२, सोल्टी होटल, कालिका लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

आजपनि नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ४१ करोड ८६ लाख ४४ हजारभन्दा धेरै रुपैयाँको कारोबार गरेको छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति विकास बैंक, गरिमा विकास बैंक, मेघा बैंक, अरुण भ्याली हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, कामना सेवा विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै कारोबार गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको