Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स र विकास बैंकमा चमक कायमै, लगानीकर्ता मालामाल

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, १५ : ३२ मा प्रकाशित

फाइनान्स र विकास बैंकमा चमक कायमै, लगानीकर्ता मालामाल

आज आइतबार पनि फाइनान्स कम्पनी र डेभलपेमन्ट बैंकहरूमा धेरै चमक देखिएकाे छ । बढ्ने कम्पनीहरूमा अधिकांश फाइनान्स तथा विकास बैंकहरू रहेका छन् ।

आइतबार नेपाली सेयर बजारले नयाँ इतिहास कायम गरेकाे छ । यसअघि गत मंगलबार सेयर बजार २७९३ दशमलव ८९ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । 

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेकाे छ । नेप्से १.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ । कूल २२० वटा कम्पनीकाे २ कराेड ४७ लाख ३९ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड १४ लाख ६७ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

इतिहास कोर्दै सेयर बजार, राजनीतिक प्रभाव शून्य

यसदिन सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरूकाे पहिलाे सूचीमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड रहेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ८६ रूपैयाँ पुगेकाे छ । यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य पनि १० प्रतिशतले बढेर २ सय ८६ रूपैयाँ पुगेकाे छ ।

महालक्ष्मी विकास बैंककाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ३ सय ४२ रूपैयाँ पुगेकाे छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.९३ प्रतिशतले बढेर ३ सय १० रूपैयाँमा पुगेकाे छ । 

युनाइटेड इदी मर्दी हाइड्राेकाे सेयरमूल्य ९.९३ प्रतिशतले बढेर ४ सय ६५ रूपैयाँ पुगेकाे छ । कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८६ प्रतिशतले बढेर ४ सय एक रूपैयाँ पुगेकाे छ । 

बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८५ प्रतिशतले बढेर २ सय ९० रूपैयाँ पुगेकाे छ । गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.८५ प्रतिशतले नै बढेर ४ सय ३५ रूपैयाँ पुगेकाे छ ।

सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.८४ प्रतिशतले बढेर २ सय ६८ रूपैयाँ पुगेकाे छ । बरूण हाइड्राेपावरकाे सेयरमूल्य ९.८४ प्रतिशतले बढेर ४ सय २ रूपैयाँ पुगेकाे छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८१ प्रतिशतले बढेर ४ सय १४ रूपैयाँ पुगेकाे छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८० प्रतिशतले बढेर ३ सय ३६ रूपैयाँ पुगेकाे छ । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७८ प्रतिशतले बढेर ४ सय १५ रूपैयाँ पुगेकाे छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७५ प्रतिशतले बढेर ३ सय १५ रूपैयाँ पुगेकाे छ । पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७० प्रतिशतले बढेर ३ सय ७३ रूपैयाँ पुगेकाे छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.६९ प्रतिशतले बढेर ३ सय २८ रूपैयाँ पुगेकाे छ । 

60aa292386634.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको