Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्बीमा लाइसेन्सका लागि ५ कम्पनीको आवेदन, कुन कम्पनीमा कसको लगानी ?

पत्रपत्रिका

सोमबार, १० जेठ २०७८, ०७ : १८ मा प्रकाशित

पुनर्बीमा लाइसेन्सका लागि ५ कम्पनीको आवेदन, कुन कम्पनीमा कसको लगानी ?

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बिमा  समितिले दिएको समयभित्र पाँच कम्पनीले प्रस्ताव गरेका छन् । अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स,पु्रुडेन्सियल रि–इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स र जेन्युन रि–इन्स्योरेन्स गरी पाँच  कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले जानकारी दिए ।

“समितिले दिएको समयसीमाभित्र पाँच कम्पनीको प्रस्ताव परेको छ” उनले  भने,“मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने एक कम्पनीले लाइसेन्स प्राप्त गर्छ ।”आवेदन  दिएका  यी  कम्पनीबाट अब  तोकिएका  शर्त  पूरा  गरेकाहरु पहिला छनौट गरिने, त्यसपछि तीमध्ये पनि मूल्यांकनका आधारमा सबैभन्दा उत्कृष्ट कम्पनीलाई लाइसेन्स दिइने उनले बताए । पुनर्बीमा कम्पनीका लागि  न्यूनतम  चुक्ता  पुँजी १० अर्ब तोकिएको  छ  । 

जसमा  संस्थापकको तर्फ बाट न्यूनतम ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म र बाँकी कम्तीमा ३० प्रतिशत  सेयर     सर्वसाधारणलाई  दिएर पुँजी जुटाइन्छ । कुन कम्पनीमा को–को छन् त लगानीकर्ता ? 

प्रस्तावित हिमालय रि–इन्स्योरेन्स कम्पनीले मंगलबार लाइसेन्स माग गर्दै निवेदन दर्ता गराएको बिमा समितिले जनाएको छ । समिति स्रोतका अनुसार हिमालय   रि–इन्स्योरेन्समा नेपालका सफल व्यवसायिक व्यक्तित्वहरु नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष रहेका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघकाका पूर्वअध्यक्ष तथा मुरारका ग्रुपका पशुपति मुरारका, नेपाल  उद्योग वाणिज्य महासंघकाका पूर्वअध्यक्ष भवानी राणा,नेपाल परिसंघका वर्तमान अध्यक्ष लक्की ग्रुपका सतीश मोर ,शंकर   ग्रुपका शाहील  अग्रवाल र सुलभ अग्रवाल,के एल दुगड् ग्रुपका विकास दुगड्, एमभी दुगड् ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अरु विभिन्न व्यावसायिक घरानाका व्यक्ति रहेको समितिले जनाएको छ । अर्को प्रुडेन्सियल रि–इन्स्योरेन्समा व्यावसायिक घरानाहरू आईएमई ग्रुप, विशाल ग्रुप लगायतको लगानी रहको बताइएको  छ  ।  

त्यसैगरी  अन्नपूर्ण रि–इन्स्योरेन्समा गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष उपेन्द्र महतोसहित केही गैर आवासीय नेपालीसमेत रहेका छन् । यस कम्पनीले लाइसेन्स पाए गैर आवासीय नेपालीको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पनि लगानी गर्ने बताएको छ ।अर्को  कम्पनी  काठमाडौं  रि–इन्स्योरेन्समा बिमा क्षेत्रका विज्ञहरूको समूह रहेको समितिले जनाएको छ । प्रस्तावित उक्त कम्पनीमा बिमा क्षेत्रको नियमनकारी  निकाय  बिमा  समितिकै पूर्वअध्यक्ष  देवेन्द्रप्रताप शाह, बिमा कम्पनीका  सबैभन्दा  पुराना सीइओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आईएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टीम रहेको छ ।प्रस्तावित  जेन्यून  रि–इन्स्युरेन्समा दुईजना बिमा क्षेत्रका विज्ञहरू छन् । बिमा समितिकै कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान  कार्की  र पोखरा विश्वविद्यालयका  प्राध्यापक डा. रवीन्द्र घिमिरे यो कम्पनीमा छन् । यस कम्पनीमा म्यानपावर व्यवसायी रघु पुरी समेत सहभागी छन् ।
आजको कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको