Like us!
Follow us!
Connect us!
Watch us!

दर्ता भयो हिमालयन रि इन्स्योरेन्स

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १२ : २५ मा प्रकाशित

दर्ता भयो हिमालयन रि इन्स्योरेन्स

हालै मात्र बीमा समितिबाट लाइसेन्स प्राप्त गरेकाे हिमालयन पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएकाे छ । कम्पनीले जेठ १७ गते, साेमबार प्रारम्भिक आशय पत्र प्राप्त गरेको थियाे । 

कम्पनीले जेठ २३ गते, आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएकाे हाे । जस अनुसार कम्पनीकाे नेपाली नाम हिमालयन रि इन्स्योरेन्स र अंग्रेजी नाम Himalayan Reinsurance Limited रहनेछ । याे कम्पनी गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता गरिएको छ । कम्पनीको दर्ता नम्बर २ लाख ६३ हजार ६ सय १८ रहेको छ ।

हिमालयन रि इन्स्योरेन्सले पायो बीमा समितिबाट लाइसेन्स

हिमालय पुनर्बीमा कम्पनीमा नेपालका सफल व्यवसायिक व्यक्तित्वहरु नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष रहेका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघकाका पूर्वअध्यक्ष तथा मुरारका ग्रुपका पशुपति मुरारका, नेपाल  उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा,नेपाल परिसंघका वर्तमान अध्यक्ष लक्की ग्रुपका सतीश मोर ,शंकर ग्रुपका शाहील  अग्रवाल र सुलभ अग्रवाल,के एल दुगड् ग्रुपका विकास दुगड्, एमभी दुगड् ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अरु विभिन्न व्यावसायिक घरानाका व्यक्ति रहेको समितिले जनाएको छ ।

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बीमा समितिले दिएको समयभित्र पाँच कम्पनीले प्रस्ताव गरेका थिए । अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स र जेन्युन रि–इन्स्योरेन्स गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका हुन् । जसमध्येबाट बीमा समितिले हिमालयन पुनर्बीमा कम्पनीलाई छनाेट गरेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको