Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्बीमा कम्पनीको लगानीको क्षेत्र विस्तार, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १६ : ४९ मा प्रकाशित

पुनर्बीमा कम्पनीको लगानीको क्षेत्र विस्तार, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने

नेपाल बीमा प्राधिकरणले पुनर्बीमकको लगानी निर्देशनमा पहिलो संशोधन गर्दै पुनर्बीमा कम्पनीको लगानीको क्षेत्र विस्तार गरिदिएको छ ।

नयाँ व्यवस्थाबमोजिम अब पुनर्बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका हुन् । पुनर्बीमा कम्पनीले कुल लगानीको १.५ प्रतिशत त्यस्ता कोषमा लगानी गर्न पाउनेमा एउटै कोषमा भने बढीमा एक प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

यसैगरि पुनर्बीमा कम्पनीले यस अघि "साधारण सेयर" मा मात्र लगानी गर्न पाउने व्यवस्थालाई परिवर्तन गर्दै "सेयर" मा लगानी गर्न सकिने गरि शब्दावलीमा परिवर्तन गरिएको छ भने सेयरमा गरिने लगानीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको