Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रालाई नेशनल माइक्रोफाइनान्सले प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

अर्थ संसार

सोमबार, १० जेठ २०७८, ०८ : २७ मा प्रकाशित

महिला सहयात्रालाई नेशनल माइक्रोफाइनान्सले प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ  । संस्थाको जेठ ९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ २५ गते संस्थाको केन्द्रिय कार्यालय धादिङमा  भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । 

विशेष सभाले नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, सभाले १००:६८ सेयर स्वाप रेसियो अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ । 

सभाले प्राप्तिपश्चात संस्थाको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोहीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गरिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

60ab23b8c145d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको