सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले २०७८ साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १६ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । उक्त मूल्य चैत्र मसान्तकाे तुलनामा २४ पैसाले घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ९९ पैसा रहेकाे थियो ।
त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ६१ करोड १८ लाख ७६ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी चैत्र मसान्तकाे तुलनामा ६.२० प्रतिशतले थाेरै हाे । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ५१ करोड ४८ लाख ६३ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।
त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका ६४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै बैंकले एनआईसी एशिया बैंकको सेयरमा लगानी गरेको छ ।
यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ६१ करोड ५६ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । उक्त मौज्दात २५.२१ प्रतिशतले घटेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस