Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच एक्विजिशन सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, १८ : ५९ मा प्रकाशित

सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच एक्विजिशन सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न

सिटिजन्स  बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

मंगलबार काठमाडौं महानगरपालिका १ नारायणहिटी पथमा रजिष्टर्ड कार्यालय रहेको सिटिजन्स बैंकले मोरङको विराटनगर वडा नं ९ मा मुख्य कार्यलय रहेको सिर्जना फाइनान्सलाई आफूमा गाभ्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम प्राप्ति गर्ने गरि बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60acf9e3dfbe0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको