Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बन्द !

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, १० : ५१ मा प्रकाशित

सेयर बजार बन्द !

आज जेठ १२ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहनेछ । आज २५६५औँ बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा परेको हुनाले सेयर काराेबार नखुल्ने भएकाे हाे ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेकाे थियाे भने सेन्सेटिभ परिसूचक ४.५१ अंकले घटेर ५०३.९९ मा पुगेको थियाे । कूल २१९ वटा कम्पनीकाे २ कराेड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएकाे थियाे ।

नेपाल राष्ट्र बैंकले मंगलबार लागू गरेकाे नयाँ व्यवस्थाले अब सेयर बजार कता जाला भन्ने आम लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै सेयर लगानी सम्बन्धमा थप व्यवस्था लागू गरेकाे हाे ।

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले एक वर्षभन्दा कम अवधिको लागि सेयरमा लगानी गर्न पाउने छैनन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । 

यस भन्दा अगाडी सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा मात्र लगानी गर्न पाउने व्यवस्था थियाे । पहिलाको व्यवस्थालाई संसोधन गरि यसरी खरिद गरिएको शेयर एक वर्षभित्रै बिक्री गर्न नपाउने व्यवस्था गरिएको हो ।

बैंककाे निर्देशनमा भनिएकाे छ "सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।"

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउनेछन् । तर, यसअघिसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने पाइने छ। 

यसका साथै, विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको