Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, ०६ : ५८ मा प्रकाशित

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज(विहिबार) अन्तिम दिन रहेको छ । अर्थात आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (जेठ १३ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको वार्षिक साधारण सभा जेठ २७ गते हुनेछ । सभाले कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्नेछ ।

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड​ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (जेठ १३ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भइ  कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।  कम्पनीको १९औँ वार्षिक साधारण सभा जेठ २८ गते काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशतले हुन आउने बोनस सेयर र  ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल  १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको