Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, ०९ : ०५ मा प्रकाशित

आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ४ लाखभन्दा बढी कित्ता संस्थापक सेयर आज (आइतबार) देखि लिलामीमा बिक्री खुल्ला भएको छ ।

संस्थाले बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ४ सय ७७ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको