Like us!
Follow us!
Connect us!
Watch us!

किन निरन्तर उकालो लागिरहेको छ हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य ?

कृष्ण भट्टराई

आइतबार, १६ जेठ २०७८, १५ : ४९ मा प्रकाशित

किन निरन्तर उकालो लागिरहेको छ हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य ?

नेपालको धितोपत्रको दोस्रो बजारमा केहि दिनयता हाइड्रोपावर उपसमूहका कम्पनीहरुको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ । अधिकांश कारोबार दिनहरुमा यो उपसमूहका कम्पनीहरुको सेयर मूल्यमा सकारात्कम सर्किट ब्रेक लागिरहेको देख्न सकिन्छ । 

करिब १ महिनाअघि (बैशाख १५ गते) २४९५.१४ को बिन्दुमा रहेको हाइड्रोपावर उपसमूहको उपसचूक यो एक महिनामा ५२१.३३ अंकले बढेर गत बिहिबासम्ममा ३०१६.४७ को बिन्दुमा पुगेको छ । 

कतिपय सेयर बिश्लेषक एबं लगानीकर्ताहरुले पनि हाइड्रोपावर कम्पनीमा लगानी गर्दा एकदमै जोखिम रहेको सार्वजनिक अभिव्यक्ति दिईरहँदा पनि यो उपसमूहका कम्पनीहरुको सेयर मूल्य निरन्तर बढिरहेको छ । 

एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम थियो । कतिपय कम्पनीहरुको सेयर मूल्य ३०० रुपैयाँको आसपासमा कारोबार भइरहेको थियो । तर अहिले धितोपत्रको दोस्रो बजारमा कुनै पनि हाइड्रोपावर कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छैन । अधिकांश कम्पनीहरुको सेयर मूल्य ३०० रुपैयाँ भन्दामाथि पुगिसकेको छ । 

हाइड्रोपावर उपसमूहका कम्पनीहरुको सेयर मूल्य किन निरन्तर उकालो लागिरहेको छ भनेर हामीले विभिन्न लगानीकर्ता, सेयर बिश्लेषक र उर्जा उद्यमीहरुलाई प्रश्न गरेका छौ । उहाँहरुबाट प्राप्त जबाफ यस्तो छः  

गुरु न्यौपाने, उर्जा उद्यमी

अहिले नेपालको सेयर बजारमा हाइड्रोपावर उपसमूहका कम्पनीको सेयर मूल्य बढ्नुको मूख्य कारण नै विगतमा यी समूहका कम्पनीहरुको सेयर मूल्य अन्डभ्यालुड हुनु रहेको बताउँछन् उर्जा उद्यमी गुरु न्यौपाने । 

कुनै समय अपि पावर कम्पनीको सेयर मूल्य दोस्रो बजारमा ८१३ रुपैयाँ पुगेको थियो । पछि घटेर ११३ रुपैयाँसम्म झर्यो । यसरी घटेको कम्पनीको सेयर मूल्य आफ्नो पुरानो मूल्यमा फर्कने प्रयास मात्र गरिरहेकाले अझै हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य बढ्ने उनी बताउँछन् । 

हाइड्रोपावर कम्पनीहरुले अहिले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरसमेत वितरण गरिरहेको र नयाँनयाँ परियोजना सञ्चालनका लागि हकप्रद सेयरमार्फत लगानीको अवसरहरु प्रदान गरिरहने हुँदा पनि लगानीकर्ताहरु अहिले हाइड्रोपावर कम्पनीको सेयर आकर्षित भएको उनी बताउँछन । 
अहिले पनि बजारमा अन्य विभिन्न उपसमुहहरुको तुलनामा हाइड्रोपावर उपसमुहका कम्पनीहरुको सेयर मूल्य अन्यन्तै न्यून रहेकाले अहिले पनि यस्ता कम्पनीमा लगानी गर्दा लगानीकर्ताहरुको लगानी सुरक्षित हुने उनको तर्क छ । 

अब नेपालमा बढी भएको बिजुली अन्तराष्ट्रिय बजारमा समेत बिक्रि गर्ने बाटो खुलिसकेकाले पनि अब कम्पनी लगानीकर्तामात्र नभएर हाइड्रोपावरले राष्ट्रकै आम्दानीमा ठूलो योगदान गर्न सक्ने बताउदै उनले अबको २.४ बर्षमा नेपालको सेयर बजारमा सबैभन्दा महंगो सेयर मूल्य नै हाइड्रोपावर कम्पनीको हुने दावी गरे । 

देशमा प्रशस्त विद्युत उत्पादन हुँदा विभिन्न कलकारखानाहरु स्थापना हुन सक्ने भन्दै अब नेपालको सम्वृद्धिको आधार नै नेपालको हाइड्रोपावर क्षेत्र बन्न सक्ने उनको दावी थियो । नेपालको हाइड्रोपावर क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरु पनि इच्छुक देखिएकाले अब जलबिद्युत मार्फतनै देशको विकास हुने उनी बताउँछन् । 

अहिले कोभिडका कारण अन्य क्षेत्र ठप्प हुँदा हाइड्रोपावर कम्पनीहरु सञ्चालनमा छन् । बिद्युत उत्पादन गरिरहेको कारण हाइड्रोपावरहरुले जस्तो अवस्थामा पनि लगानीकर्ताहरुलाई लाभांश दिन सक्ने भएकाले लगानीकर्ताहरुलाई कम्पनीका बारेमा राम्रोसँग अध्ययन गरी लगानी गर्न उनको सुझाव छ ।

४५६ मेगावाटको नेपालकै ठूलो हाइड्रोपावर कम्पनी माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेकाले अब उक्त कम्पनीको सेयर मूल्य बढ्ने र हाइड्रोपावर क्षेत्रको नेतृत्व गर्ने र अन्य कम्पनीहरुको सेयर मूल्य पनि त्यसैअनुरुप बृद्धि हुने उनको दावी छ ।   

कुमार थापा, संयोजक नेपाल पूँजी बजार लगानीकर्ता संघ शुदुरपश्चिम प्रदेश

कुमार थापाका बिचारमा पछिल्लो समय बजारमा हाइड्रो पावरका बारेमा निरन्तर सकारात्क समाचारहरु आइरहेकोले पनि हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा बृद्धि भइरहेको हो । 

अन्य समूहका कम्पनीहरुको तुलनामा यो उपसमूहका कम्पनीहरुको सेयर मूल्य केही समअघि अत्यन्तै न्यून थियो । बजारमा २०० रुपैयाँको आसपासमा धेरै कम्पनीका सेयर पाइन्थे । जसले गर्दा पनि यो उपसमूहको सेयर मूल्यमा बृद्धि भयो । त्यसै गरी बैकिङ तथा इन्स्योरेन्स कम्पनीहरुको तुलनामा सेयर संख्या न्यून भएको कारण पनि जलविद्युत कम्पनीको सेयर मूल्यमा बृद्धि भएको उनको अनुमान छ।

अहिले नेपालको बिद्युत अन्तराष्ट्रिय बजारमा पनि बिक्रि गर्ने समाचार बाहिरिएसँगै कम्पनीको सेयरमा लगानीकर्ताहरु थप आकर्षित भएको भन्दै उनले तीन बर्षदेखि मुनाफा वितरण गरिरहेका कम्पनीहरुलाई बैंकको ऋण तिर्ने प्रयोजनका लागि हकप्रद जारी गर्न दिने निर्णय हुन लागेको समाचार बाहिरिएसंगै यो उपसमूहका कम्पनीहरु बुम भएको उनको तर्क छ ।

विष्णु बस्याल, सेयर बिश्लेषक

सेयर बिश्लेषक बिष्णु बस्याल अहिले हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा भइरहेको अस्वभाविक बृद्धि सकारात्मक नरहेको बताउँछन् ।  

सन् २०१६ मा हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा तिब्र चलखेल भएको स्मरण गर्दै उनले त्यो चलखेलमा नबुझी फस्नेहरुले अझै नोक्सानी व्यहोरिरहेको बताए ।  

हल्लाले एक दुई दिन कम्पनीको मूल्यमा सर्किट लाग्ला ।  दीर्घकालिन रुपमा कम्पनीबाट मुनाफा कमाउन कम्पनी नै बलियो हुनु पर्ने उनी बताउँछन्। अहिले बजारमा हाइड्रोपावर कम्पनीका बारेमा हल्ला फैलाएर चलखेल भइरहेको हुन सक्ने उनको अनुमान छ । 

अहिले कतिपय हाइड्रोपावर कम्पनीका प्रोमोटर र कतिपय मिडियाहरुसमेत मिलेर हाइड्रोपावर कम्पनीका बारेमा हल्ला फैलाइएको उनको दावी छ । अहिले मिडियामा बैंकको ऋण तिर्नकै लागि हाइड्रोपावर कम्पनीहरुलाई हकप्रद निष्काशन गर्न दिने भन्ने कुरामा आफू विश्वस्त नरहेको बताउछन् उनि ।  

बैंकको ऋण तिर्न हाइड्रोपावरहरुलाई हकप्रद सेयर निष्काशन गर्नु दिने हो भने कतिपय कम्पनीलाई चुक्तापूँजीको ३ गुणासम्म हकप्रद निष्काशन गर्न दिनु पर्ने हुनसक्छ । यस्तो अवस्थामा सर्वसाधारणतर्फको हकप्रदमा त आवेदन पर्ला । तिन गुणासम्म लगानी गर्न प्रोमोटरहरुलाई गाह्रो हुनसक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको