Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढ्दो, बजार अझै माथि जान्छ’

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, १६ : २२ मा प्रकाशित

‘सेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढ्दो, बजार अझै माथि जान्छ’

पछिल्लो समय सेयर बजारले दिनहुँजसो नयाँ कीर्तिमानी राख्न थालेको छ । नेप्से परिसूचक सँगै कारोबार रकम पनि आक्रामक ढंगले बढ्न थालेको छ ।  कारोबार रकम पनि ह्वात्तै बढेको छ । बजारमा आज १७ अर्ब रुपैयाँभन्दा धेरै कारोबार भएको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको हो । विगत एक महिनादेखि काठमाडौं उपत्यकासँगै देशका अधिकांश जिल्लामा लकडाउन छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीको दोस्रो भेरियन्ट नेपालमा पनि तिब्र गतिमा फैलिएपछि यसको न्यूनीकरणको लागि निषेधाज्ञा लगाइएको छ । जसले गर्दा अन्य लगानीका क्षेत्र ठप्प छ । 

त्यसैले बजारमा दिनहुँ नयाँ लगानीकर्ताले प्रवेश गरिरहेका छन् । जसको कारण पनि बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ दौडिरहेको छ ।
सेयर लगानीकर्ता दबाब समुहका संयोजक हरी ढकाललाई सेयर बजार बढ्नुको कारण के हो भनि जिज्ञासा राख्दा अहिले निषेधाज्ञाले अन्य क्षेत्र ठप्प हुनु र नयाँ लगानीकर्ताले बजार प्रवेश गर्नु रहेको बताउँछन् ।  पछिल्लो समय धमाधम नयाँ आईपीओ खुलेको र जसले गर्दा नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्नाले पनि सेयर बजार निरन्तर उकालो लागिरहेको उनी बताउँछन् । सेयर कारोबार अनलाइनकै माध्यमबाट गर्न सकिने भएकोले अन्य क्षेत्र ठप्प भएपनि लगानीकर्ताहरु आकर्षित भएको उनको भनाइ छ । लगानीकर्ताको उच्च मनोबल र नयाँ लगानीकर्ताको सेयर बजारप्रतिको आकर्षण नै अहिलेको बजार उचालिनुको प्रमुख कारण भएको उनले बताए । नेपालको सन्दर्भमा २८ सय बिन्दु हाइ रिस्क नभएको भन्दै बजार अझै माथि जाने उनले बताए । सामान्य करेक्सन देखिए पनि बजार ३५ सय -४ हजारको बिन्दुमा पुग्ने उनी बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकको यो बिन्दु बजार बन्द हुँदाको यो बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । आज नेप्से परिसूचक ०.४५  प्रतिशतले बढेको हो ।  यसअघि जेठ १० गते नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । यस्तै सेन्सेटिभ पनि परिसूचक ३.३५  अंकले बढेर ५०७.०६ बिन्दुमा पुगेको छ ।

आइतबार कूल २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३४८  कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २ करोड ८४ लाख  ३२ हजार २४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखेको हो । यस अघि बिहिबार मात्रै १४ अर्ब ७१ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँको कारोबार गरी कारोबार रकमले नयाँ रेकर्ड राखेको थियो ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । 
आज विकास बैंक समुहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यो समुहको सेयरमूल्य ७.३९ प्रतिशतले बढेको छ । त्यसैगरी फाइनान्स समुहको सेयरमूल्य ५.०८ प्रतिशतले बढेको छ भने होटेल एण्ड पर्यटन समूहको सेयरमूल्य पनि ४ प्रतिशतले बढेको छ । आज सेयरमूल्य बढ्ने अन्य समूहहरुमा क्रमश: म्युचुअल फण्ड, बैंकिङ समूह, निर्जीवन बीमा समूह, जीवन बीमा समुह रहेका छन् । यता अन्य समूहको सेयरमूल्य भने सबैभन्दा धेरै घटेको छ । 

त्यस्तै आज १७ कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । जसमध्ये एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्र्कित लागेको छ । आज ज्योति विकास बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

आइतबार सर्वाधिक काराेबार हुनेमा क्रमश : नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, अरूण काबेली पावर कम्पनी लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर, बुटवल पावर कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, सानिमा माइ हाइड्राेपावर कम्पनी लिमिटेड, हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेड, रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

आइतबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : ज्याेति विकास बैंक लिमिटेड, घलेम्दी हाइड्राे लिमिटेड, आँखुखाेला जलविद्युत कम्पनी लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, साेल्टी हाेटल, ओरियन्टल हाेटल, खानीखाेला हाइड्राेपावर र जाेशी हाइड्राेपावर कम्पनी लिमिटेड रहेका छन् ।

आइतबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : बरूण हाइड्राेपावर कम्पनी लिमिटेड, हिमालयन उर्जा कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, माउन्टेन हाइड्राे नेपाल लिमिटेड, रैराङ हाइड्राेपावर कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड इदी मर्दी रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको