Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १३ : ५१ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेको छ । साथै, आम जनताहरुमा बीमाको पहुँच पुर्याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिवद्धता समेत जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३ वर्ष पूरा गरी १४औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीममा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ ।

60b49b09a1ad9.jpg 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको