Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय बजारमा प्रभाव : नेपालमा पनि खाने तेलको मूल्य बढ्यो

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १६ : ३४ मा प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा प्रभाव : नेपालमा पनि खाने तेलको मूल्य बढ्यो

हालका दिनहरुमा खाने तेलमा भएको मुल्य वृद्धि सम्वन्धमा विभिन्न संचार माध्यमहरुमाआएको समाचारहरुप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको ध्यानाकर्षण भएको छ ।  

उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात र  अन्तर्राष्ट्रिय बजारवाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मुल्य निर्धारण हुने भएकोले तेलको मूल्य अत्यधिक बढ्न पुगेको संघले जनाएको छ ।

विगत करीव १६ महिना देखी नै विश्वमा फैलिएको महामारी  तथा Geo–Political Issues हरुले गर्दा खाने तेलको मूल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुन गएको संघले स्पष्ट पारेको छ । 

प्रशोधित खाने तेलमा भएको मुल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागवाट समेत पटक-पटक भएको सोधनीका भएको भन्दै संघले मूल्य वृद्धि सम्बन्धमा स्पष्ट परेको हो ।

संघमा आवद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादीउत्पादन गरी स्थानिय बजारमा निकासी गर्दै आईरहेका छन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको