Like us!
Follow us!
Connect us!
Watch us!

दुई दिनको करेक्सनपछि ५५ अंकको 'बाउन्स ब्याक', फाइनान्स कम्पनीमा लगानीकर्ता आकर्षित

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १५ : ०४ मा प्रकाशित

दुई दिनको करेक्सनपछि ५५ अंकको 'बाउन्स ब्याक', फाइनान्स कम्पनीमा लगानीकर्ता आकर्षित

आज (बुधबार) सेयर बजारमा रौनकता फर्किएको छ । बुधबार सेयर बजार दोहोरो अंकको बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५५.७६ अंकले बढेर २८२७.१२  बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक २.०१ प्रतिशतले बढेको हो ।  यस्तै सेन्सेटिभ पनि परिसूचक ७.८३ अंकले बढेर ५०५.१५ बिन्दुमा पुगेको छ । यसअघि २८२७.९३ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको नेप्से परिसूचक आज रेकर्ड ब्रेक नजिक पुगेको हो । आइतबार र सोमबार बजारमा करेक्सन देखिएको थियो।

सोमबार कूल २१९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँ बराबरको कारोबार भएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा मात्र उपसमूहकाे सेयर बढेको छ भने बाँकी एउटा उपसमूहकाे सेयर घटेको छ । आज सामुहिक लगानी कोष उपसमूहको सेयरमूल्य घटेको हो । 

बुधबार फाइनान्स उपसमूहमा रौनकता छाएको छ । यो समूहमा लगानीकर्ता आकर्षित भएका छन् भने यो समूहको सेयरमूल्यमा ७.९१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी विकास बैंक समूहको सेयरमूल्य ६.१३ प्रतिशतले बढेको छ भने अन्य समुहको पनि ५.२४ प्रतिशतले बढेको छ । 

यता प्रशोधन र उत्पादन समूह, हाइड्रोपावर समूह, निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स समूह, बैंकिङ्ग समूह, होटल एण्ड टुरिजम समूह, व्यापार समूह र लगानी समूहको सेयरमा हरियाली छाएको छ ।

आज १३ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । जसमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आज सानिमा माई हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो  । त्यसैगरी, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरै वृद्धि भएको छ ।

बजारमा रौनकता छाउँदा पनि यता, राधी विद्युत कम्पनी लिमिटेड, १०.२५% एनबिबिएल डिबेञ्चर २०८५, विशाल बजार कम्पनी लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड २, सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्कीम २, १०.२५% प्रभु बैंक डिबेञ्चर २०८६, १०% सनराइज डिबेञ्चर २०८०, १०.२५% सनराइज बैंक डिबेञ्चर २०८३, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड र १०.२५% ग्लाेबल आइएमइ बैंक डिबेञ्चर २०८०/८१ का लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन्  ।

बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले एक अर्ब ३७ करोड ८७ लाख, ९० हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा माइ हाइड्राेपावर कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, ज्याेति विकास बैंक लिमिटेड, एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको