Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी वेवसाइट जोसियलका नाममा नेटवर्क मार्केटिंगको धन्दा, लाखौ डलर विदेश पठाइँदै

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १६ : ५० मा प्रकाशित

विदेशी वेवसाइट जोसियलका नाममा नेटवर्क मार्केटिंगको धन्दा, लाखौ डलर विदेश पठाइँदै

जोसियल नामक एक वेबसाईटमार्फत नेटवर्क मार्केटिंगका नाममा रकम  असुल्दै नेपालमा नेटवर्किंगको ठगीधन्दा सुरु भएको छ । 

सदस्य बन्नका लागि रकम संकलन गरेर त्यसको केही हिस्सा अपलाइन (आफूमाथि सदस्य बन्ने) लाई दिने भन्दै सरकारको बिना स्वीकृति जेसियलमा आबद्ध ब्यक्तिहरुले नेटवर्कमार्फत सदस्यता विस्तार गरिरहेका छन् । टेकवर्क मार्केटिंगमा पहिला सदस्य बन्नेहरु पछि सदस्य बन्नेहरुले कमाइ दिएको रकमबाट मालामाल हुन्छन् । पछि सदस्य बन्नेहरु सदस्य बन्ने मानिस नपाउँदा ठगिन पुग्छन् । 

के हो जेसियल डटकम ? 

जोसिएल नामक वेवसाइले नेपालमा फेसबुकमार्फत विभिन्न कम्पनीहरुको विज्ञापन गराएको देखिन्छ । किन यसरी फेसबुक वालमा विज्ञापन हुँदै छ ? कसले गराउँदैछ धेरैलाई यसले तानिरहेको छ । 

जोसियल कम्पनीको स्थापना ब्रिटिस नागरीकले जेमी मार्चले गरेको कुरा उनीहरुको वेबसाईटमा देखिन्छ । उनीहरुले आफूलाई विश्वकै अग्रणी र प्रभावशाली मार्केटिगं कम्पनीका रुपमा परिभाषित गरेका छन् । 

यसमा आवद्ध भएर सदस्य बनेपछि कम्पनीमार्फत अरु संस्थाका बिज्ञापन आफ्नो फेसबुक वालमा सेयर गर्न सकिन्छ । त्यस्ता बिज्ञापन सेयर गरेबापत कम्पनीले पैसा दिने उनीहरुको दावी छ । त्यस्तै नयाँ सदस्य बनाउदा समेत कम्पनीहरुबाट कमिसन प्राप्त हुन्छ ।  

यसमा सबैभन्दा पहिले यो कम्पनीको वेबसाईटमा गएर खाता खोल्नुपर्ने हुन्छ । यस्मा खाता खोल्न पहिल्यै आवद्ध भइसकेका सदस्यहरु (जसलाई अपनाइनर भनिन्छ) को कुनै रिफरल कोडको जरुरी पर्दछ । यसमा पहिले आवद्ध कुनै व्यक्तिको सहायताबिना यसको सदस्य पनि बन्न सकिदैन । 

यसमा आइडी र पासवार्ड प्राप्त गरिसेकपछि कम्पनीका वेबसाइटका विभिन्न बिज्ञापनहरु त्यस्ताका सदस्य (जसलाई कम्पनीको भाषमा इन्फ्लुएन्सर भनिन्छ) हप्तामा २ वटासम्म आफ्नो फेसबुक वालमा सेयर गर्न पाँउछन् । यसरी उनिहरुले फेसबुकमा सेयर गरेको लिंक पुनः कम्पनीको वेबसाईटमा राख्नुपर्ने हुन्छ । यसरी उनिहरुले सेयर गरेको बिज्ञापनबाट १ देखि ५ डलरसम्म कमाइहुने उनीहरुको दावी छ । 

उक्त रकम कुनै पनि बैंक खातामा भने पठाउन मिल्दैन । त्यो रकम लिन आफूभन्दा माथिल्लो लेभलको ऐजेन्टको सहायता लिनुपर्ने हुन्छ । 
यसको सदस्य अर्थात इन्फ्लुन्सर एजेन्टमार्फत सबस्क्रिप्सन लिनु अनिवार्य हुन्छ । सबस्क्रिप्सन बापत कम्पनीले ३ महिनाको ६० डलर शुल्क लिने गर्दछ । जसको १० प्रतिशत कम्पनीले अपनाइनरलाई दिन्छ । कुनै अपनाइनरले आफूमार्फत जति नयाँ सदस्य बनाँउछ, ती नयाँ सदस्यहरुबाट प्राप्त सबस्क्रिप्सन शुल्कको १० प्रतिशत रकम उसले प्राप्त गर्दछ । 

यसको सदस्य बन्न नेपाल भुक्तानी गर्न मिल्दैन । कि पुराना सदस्यहरुले कमाएको रकमबाट नयाँ सदस्य बनाउन सक्छन् । कि त उसका ऐजेन्टहरुमार्फत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यसको सदस्य बन्नका लागि बिटक्वाइन वा परफेक्ट मनि मार्फत रकम तिर्नुपर्ने यसमा आवद्ध ब्यक्तिहरु बताउँछन् । 

उक्त कम्पनीले नेपालमा कारोबार सुरुवात गरेको लामो समय भइसक्यो । कम्पनी हालसम्म नेपालको कुनै पनि निकायमा दर्ता भएको देखिँदैन । दर्ताबिनै यो कम्पनीमार्फत करौडौ रुपैयाँ बाहिरिएको देखिन्छ । यसबारे सरकार भने बेखबर जस्तै बनेको छ । 

कम्पनीमा संलग्न एक सदस्यले भने अहिले कम्पनी नेपालमा दर्ताको प्रक्रियामा रहेको दावी गरे ।  कम्पनीको स्वरुपलाई हेर्दा कम्पनीले नेटवर्क धन्दा संचालन गरेको देखिन्छ । नेटवर्क मार्केटिंग नेपालमा गैरकानुनी हो । यस्तो प्रकृतिको व्यवसाय नेपालमा दर्ता गर्न पाइँदैन ।     

विगतमा पनि नेटवर्क धन्दा गर्नेहरुलाई लाखौँ नेपालीलाई ठगेको आरोपमा कारबाही प्रक्रिया अगाडि बढाएको थियो । युनिटी लाइफ नामक नेवटर्क कम्पनीका संचालकहरुलाई अदालतले जेल सजायँ दिएको थियो । जोसियलमा आवद्ध ब्यक्तिहरुको ठगिधन्दालाई पनि रोक्नु पर्ने आवाज चारैतिरबाट उठेको छ । 

के भन्छन् जोसियल सम्बद्ध व्यतिहरु  ? 

अर्थसंसार डटकम संगको कुराकानीमा जोसियल नेपालका एक व्यक्ति गोविन्द मल्लले जोसियलले सदस्यताका लागि भन्दा पनि अनलाईन शिक्षा प्रदान गर्नका लागि शुल्क लिएको बताउँछन् । अहिले लकडाउनको सदुपयोग गर्नका लागि व्यक्तिगत रुपमा सहभागि हुन आह्वान गरिएको उनी बताउँछन् ।

अहिले नेपालबाट परफेक्ट मनिमार्फत वा बिदेशमा रहेका विभिन्न मानिसहरुमार्फत सदस्यता शुल्क तिर्न सकिने उनी बताउँछन् । 
अहिले केही कानुन व्यवसायी र चार्टर्ड एकाउन्टेन्टहरुसँग कम्पनीलाई कसरी दर्ता गरेर सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा अध्ययन गरिरहेको उनले बताए । उनले अहिले प्रारम्भिक रुपमा सदस्यहरुबाट प्यान नम्बर लिने काम भइरहेको बताए ।

नेपालमा यो कम्पनीका कोही पनि जवाफदेही व्यक्ति नभएको भन्दै उनले यसमा आवद्ध हुने सदस्य स्वयम् जवाफदेही हुने बताउँछन् उनी । नेपालमा अहिले इन्टरनेटमा आधारित विभिन्न कार्यक्रमहरु रहेको र त्योमध्येको एक कार्यक्रम जोसियल रहेको बताउँछन् उनि । उनकै दावी अनुसार पनि कम्पनी अहिलेसम्म अबैध रुपमा संचालन भएको देखिन्छ । दर्ता विना रकम असुल गर्नु गैरकानुनी हो । 

कम्पनीले हाल आक्रमक रुपमा सदस्यहरु विस्तार गरिरहेको देखिन्छ । एक जना सदस्यहरुबाट ६० डलर कम्पनीले प्राप्त गर्दछ । यसरी हेर्दा नेपालबाट करोडौ डलर अवैधानिक रुपमा बाहिरिइरहेको छ । दर्ता बिना संचालनमा रहेको कम्पनी बेपत्ता हुँदा त्यसको जिम्मेवारी कसले लिने ? नेपाली जनताबाट करौडौ रुपैयाँ रकम लिएर विदेश  पलायन भएको  कम्पनीलाई कसले समाउने ? 

दर्ताबिनै नेपालमा ब्यवसाय सञ्चालन गर्नु कानुनी हो ? गैरकानुनी ढंगले देशको करोडौँ रुपैयाँ बाहिरिँदा किन सम्बद्ध निकायले सोधखोज गरिरहेको छैन ? सम्बन्धित निकायले समयमै ध्यान पुर्याउनु जरुरी देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको