निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयर आवेदन दिने अन्तिम दिन आज (जेठ २० गते) रहेको छ । आज कार्यालय समयसम्म मात्र उक्त सेयरमा आवेदन दिन सकिनेछ ।
कम्पनीले जेठ १३ गते, बिहिबादेखि न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० रुपैयाँ अंकित दरका १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले बोलपत्र पेश गर्दा तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरमा सर्वसाधारण तथा अन्य जो कोहि योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस