Like us!
Follow us!
Connect us!
Watch us!

विगतको बियरिस भन्दा अबको बियरिस डर लाग्दो हुनेछ: ज्ञानेन्द्रलाल प्रधान

अर्थ संसार टक

आइतबार, २३ जेठ २०७८, ०० : ०० मा प्रकाशित

अहिलेको सेयर बजार पैसा कमाउने सबैभन्दा ठूलो मौका रहेको उर्जा विकास परिषदका अध्यक्ष एवमं नेपालका पुराना ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले बताएका छन् । 

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकसँगको कुराकानीमा उनले नयाँ लगानीकर्ताहरूलाई टिप्स दिँदै उनले ३ हजार भन्दा मुनीको अहिलेको सेयर बजार पैसा कमाउने सबैभन्दा ठूलो मौका रहेको बताएका हुन् । अब बजार २ हजारमा घटेपनि अर्को बुलमा ५ हजार नाघ्ने उनको भनाइ छ । त्यसैले आफूले राम्रो कम्पनी छनोट गरेमा बुल बियरिस जे भए पनि कमाइने उनले बताए ।  

नेपालमा नयाँ स्टक एक्सचेञ्ज ल्याउन एकदमै जरूरी छ  : डा.रेवत बहादुर कार्की

पुँजी बजारको परिभाषा दिँदै उनी भन्छन्, "सानो सानो छरिएर रहेका पुँजीहरू जसले ठूलो काम गर्न सक्दैन उनीहरूको लागि पुँजी बजार अवसर रहेको छ । यदि यो अवसर दिएन भने उक्त पुँजी उपभोगमा खर्च हुने उनको तर्क छ ।" विगत सम्झँदै उनले भने, "सुरू सुरूमा २० देखि ३० लाखको व्यापार हुँदा दङ्ग परिन्थ्यो अहिले त एकैदिन १७ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।"

नेपालको पुँजी बजारको अहिलेको अवस्थामा सन्तुलन हुँदै गएको उनले बताए । पहिलेको अवस्थामा ९० प्रतिशत बैंकिङ्ग क्षेत्र मात्रै रहेकोमा अहिले होटलहरू, केबलकारहरू आएको तथा सिमेन्ट कम्पनीहरू पनि धमाधम आउँदै गरेका बताउँदै उनले अहिलेको पुँजी बजार ब्यालेन्स हुँदै गएको बताएका छन् । जलविद्युत तथा होटलहरूमा कर्नरिङ गर्न सकिए पनि बैंकिङ्ग जस्ता ठूलो क्षेत्रमा कर्नरिङ गर्न नसकिने उनले बताए । आउने २ वटा बुल र बियरिस ट्रेन्डमा पुँजी बजार अझै सशक्त भएर कसैले पनि खेल्न नसक्ने बन्दै जाने उनले बताएका छन् ।

नेपालका सूचिकृत कम्पनीहरुले लाभांश वितरणको प्रणाली नै परिवर्तन गर्नु जरुरी छ: विश्लेषक अर्याल

हरेक बजारमा चलखेल हुन्छ भन्ने बताउँदै उनी भन्छन्, पुँजी बजारमा पनि चलखेल नहुने हैन तर लगानीकर्ता जागरूक हुनुपर्छ । बजार सानो हुँदा कर्नरिङ धेरै हुने उनको भनाइ छ ।

पुँजी बजार यहाँसम्म आइपुग्नुमा नियामक निकायहरूको ठूलो हात रहेको बताउँदै उनले लगानीकर्ताहरूले नियामक निकायको नराम्रो पक्ष मात्र हेर्न नहुने बताएका छन् । नियामक निकायले राम्रो काम गर्दा गर्दै पनि कति ठाउँहरूमा भने चुकेको उनको तर्क छ । कम्पनीहरूले प्रकाशन गर्ने वित्तीय विवरणको कुरा गर्दै उनले नियामक निकायले यो सम्बन्धी बलियो नियम बनाउनु जरूरी रहेको बताए । गाली मात्र नगरेर नियामक निकायले गरेका राम्रो काममा ताली पनि गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन् गाली नगरिकन सुधार गर्नुपर्ने पक्षहरू भनिदिँदा नियामक निकायलाई पनि सजिलो हुन्छ ।

नियामक निकायले विगतमा भएको गल्तीबाट सिकेर बदमासी गर्ने कम्पनीहरूलाई कारबाही गर्न नीति नियम बनाउनुपर्ने उनले बताए । नियामक निकायले यसो गरेमा साना लगानीकर्ताहरू सुरक्षित हुने उनको भनाइ छ ।

आज डिम्याट खाता खोलेर भोलि दोस्रो बजारमा प्रवेश गर्नु हुन्नः लगानीकर्ता ढकालसँगको कुराकानी

हाइ गेन हाइ रिस्क लो गेन लो रिस्क (High Gain High Risk, Low Gain Low Risk) भन्ने दुई वटा संयन्त्रको कुरा गर्दै उनले लगानीकर्ताहरू ७० प्रतिशत जति लो गेन लो रिस्कमा जानुपर्ने र २० देखि ३० प्रतिशतसम्म हाइ गेन हाइ रिस्कमा जाँदा उत्तम हुने बताएका छन् । सबै लगानी हाइ गेन हाइ रिस्कमा राखेर लगानी गर्दा आज नभएपनि एक न एकदिन डुबिने उनले बताए । विगतको बियरिस भन्दा अहिलेको बियरिस डरलाग्दो हुने उनले बताए । लगानीकर्ताहरू अझै पनि हाइ गेन हाइ रिस्कमा नै गएका बताउँदै उनले यो बियरिस डरलाग्दो हुने बताएका हुन् । लगानीकर्ताहरूले दुवै कुरालाई ब्यालेन्स गर्नु अहिलेको अवस्थामा एकदमै जरूरी रहेको उनी बताउँछन् ।

कुराकानी कै क्रममा उनले अहिले लगानीकर्ताहरू सजक हुने अवस्था आइसकेको बताएका छन् । बजार ३६ सयदेखि ३७ सय माथि जानको लागि आधारभूत पक्षले नदिने बताउँदै अब लगानीकर्ताहरूले बारम्बार अलिअलि गर्दै नाफा बुक गर्ने बेला भएको उनी बताउँछन् । नाफा बुक गरेर खल्तीमा राखी रिस्क लिँदै लगानी गर्दा खल्तीबाट केही पनि नगई नाफा कै केही भाग मात्र जाने उनको तर्क छ । २० प्रतिशत जति नाफा बुक गरेर ८० प्रतिशत जति होल्ड गर्न लगानीकर्तालाई उनको सुझाव छ ।

उनै प्रधानसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको